काठमाडौँ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये लमजुङका ६ जना, स्याङ्जाका ७ जना र बाग्लुङका ३ जना रहेका छन् । सबै पुरुष हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ४५ पुगेको छ भने एक हजार २० जना निको भैसकेका छन् । संक्रमित सबैलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।








