• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

तराईको डुबान समस्या समाधानका लागि तीनै तहका सरकारसँग समन्वय

  •   आइतबार, चैत ०२, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले तराई मधेसको बाढी र डुबान लगायत समस्या समाधानका लागि सबै तहका सरकारसंग समन्वय गरि सरकारले काम गरिरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आईतबारको बैठकमा तराई मधेशको बाढी तथा डुबान सम्बन्धी समस्याहरुको दीर्घकालीन समाधानका लागि दिएको निर्देशन कार्यान्वय बारेको ध्यानाकर्षण प्रस्तावमाथिको जवाफमा उहाँले सरकारले काम गरिरहेको बताउनुभएको हो । उहाँले बाढी र डुबानको समया गत बर्ष तत्काल इमरजेन्र्सीका काम तथा उद्धारका कामहरु प्रभावकारी रुपमा भएको र जोखिम न्यूनीकरणका लागि अहिले नियमित कामहरु भईरहेको स्पष्ट पार्नुभयो । जनताको तटबन्दका ६ वटा कार्यालयहरु रहेको, नियमित नदी नियन्त्रणको काम गर्नलाई थप ८ वटा कार्यालय गरेर १४ वटा कार्यालयहरु तराई मधेसमा नै कार्यरत रहेको स्पष्ट पार्नुभयो । नदीजन्य वहाव विपरितका संचनाका कारण पनि तराईमा बाढीको समस्या देखिने गरेको पाईएकाले प्राकृतिक वहाबलाई कायम राख्दै र निश्चित मापदण्ड अनुसार निर्माण कार्य गरि व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । बारा,पर्साका आँधी हुरीबाट प्रभावित र बाढी तथा डुबान प्रभावितलाई भुकम्प प्रभावितलाई उपलब्ध गराएकै मापदण्ड अनुसार घर निर्माणमा सरकारले सहयोग गर्ने निर्णय भईसकेको पनि उहाँले स्पष्ट पार्नुभयो । केही समय अघि बन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा ३५ लाख जनसंख्या चुरे क्षेत्रमा रहेको देखिएकाले चुरे क्षेत्रको सम्पुर्ण बस्ती विस्थापन गरि पुनस्थापना गर्ने नभई अव्यवस्थित र अत्याधिक जोखिम क्षेत्रको वस्ती विकास, पुर्वाधारण निर्माण तथा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । चुरेको निश्चित क्षेत्रमा केही गर्न नपाउने, तथा हाईवेयको निश्चित दुरीभित्र पर्ने स्थानबाट गिट्टीबालुवा उत्खनन गर्न नपाउने गरि निश्चित मापदण्ड बनाउन सरोकारित मन्त्रालयसंग समन्वय भईरहेको स्पष्ट पार्नुभयो । उहाँले वन व्यवस्थापन, वृक्षरोपण लगायतका कामहरु एकिकृत रुपमा नै गर्न सकेमा काम प्रभावकारी हुने उल्लेख गर्नुभयो । सबै भन्दा बढी कोशी र नारायणी क्षेत्रको चुरे बढी जोखिममा रहेकाल त्यस क्षेत्रको वस्ती विकास, पुर्वाधार निर्माण, पर्यावरण र वातावरण संरक्षणको विषय गम्भीर रहेको बताउनुभयो । उहाँले चुरे संरक्षण, पुर्वाधार निमाण, नदीजन्य समस्या लगायतलाई बन तथा वातावरण मन्त्रालय, सडक, शहरी विकास मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबीच समन्वय गरेर एकिकृत रुपमा काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । भारत संगको सिमा क्षेत्रमा बनाउने संरचनाको सवालमा सप्तरी देखी बाँके सम्मको अध्ययन भएर प्रतिवेदन पनि तयार भईसकेको भन्दै उहाँले प्राकृतिक वहावलाई निरन्तरता दिने गरि दुवै पक्षबाट स्वीकृत भई अन्तराष्टिय कानुन र मान्यता अनुसार काम भईरहेको स्पष्ट पार्नुभयो । विभिन्न समयमा विभिन्न विषयमा गराईएको ध्यानाकर्षणहरुलाई सम्बोधन गर्दे विपदको प्रकृति अनुसार न्यूनीकरणका लागि प्राधिकरण मार्फत नै एकिकृत कार्ययोजना बनाई कार्यान्वय गरिने स्पष्ट पार्नुभयो । जलवायु परिर्वतनका कारण देखिने गम्भीर समस्याको रुपमा सुर्खेत र दाङ, प्युठान, गुल्मी,सप्तरी, बारा, पर्सा लगायत स्थानमा विभिन्न किमिमका समस्या अनपेक्षित र आकस्मिक रुपमा भोग्नुपरेको र कतिपय स्थानमा पुर्नस्थापनाको काम अझै पनि पुरा हुन नसकेको स्मरण गर्दे उहाँले विपद जोखिम न्यूनीकरणका लागि गठन भएको प्राधिकरण मार्फत अब सबै समस्याको तत्कालिन र दीर्घकालिन समाधान खोजिने बताउनुभयो । बाढीजन्य विपद मात्रै नभई सबै किसिमका विपद् न्यूनीकरणका लागि पुर्वतयारी र पुर्वसचेतनाका कामहरु गृहमन्त्रालय मातहतको विपद् जोखिम न्यूनीकरण प्राधिकरणबाट भईरहेको स्पष्ट पार्नुभयोे । सुमनराज प्याकुरेल प्रस्तावक तथा खिमलाल भट्टराई, अनिता देवकोटा, रामनारायण विडारी, शेखर कुमार सिंह, प्रमिला कुमारी समर्थक रही दर्ता गरिएको तराई मधेशको बाढी तथा डुबान सम्बन्धी समस्याहरुको दीर्घकालीन समाधानका लागि २०७६ साउन १२ को सभा बैठकले दिएका राय सुझाव सहितको निर्देशन कार्यान्वय गर्न ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको ध्यानाकर्षण सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदहरुले बाढी र डुबानलगायत समस्याको दीर्घकालिन समाधानका लागि भएका पहल बारे जानकारी मागेका थिए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.