• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बाबुराम भट्टराईलाई गृहनगर जिताउन धौ धाै !

  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा । स्थानीय निर्वाचनबाट आगामी पाँच वर्षका लागि गोरखामा चार सय ९२ जना नयाँ जनप्रतिनिधि चुनिँदैछन् । दुई नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा वडा छ ।  अहिले यी सबै स्थानीय तहमा दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

    जिल्लामा सत्तारुढ दल (कांग्रेस, माओवादी, जसपा र नेकपा एस) को गठबन्धनका लागि प्रयास भए पनि भागबन्डा मिलेन । सत्तारुण दलका शीर्ष नेताहरूको आफ्नो निर्वाचन क्षेत्रमा पकड लिने र साख जोगाउने स्वार्थका कारण गठबन्धन हुन नसकेको हो ।

    अहिले कतिपय पालिकामा सत्तारुढ गठबन्धनका दलहरू एकल प्रतिस्पर्धामा छन् भने कतिपय ठाउँमा गठबन्धन पनि गरेका छन् । गठबन्धन नभएको र आफूहरू कमजोर भएको गृहपालिकामा सबै राजनीतिक दलका शीर्ष नेताहरू जोडबलका साथ आफ्नो उम्मेद्वारलाई जिताउने अभियानमा खटिरहेका छन् ।

    पालुङटारमा सबैकाे ध्यान

    जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गत शुक्रबारदेखि गृहनगर पालुङटारमा चुनावी अभियानमा सक्रिय छन् । उनले आफ्नो पार्टीको मेयर पदका उम्मेद्वारलाई जिताउन कांग्रेससँग गठबन्धन गर्ने अनेक तिक्डम अपनाएका थिए । तर, पालुङटार जसपालाई छाड्न कांग्रेस तयार भएन । अन्तत : अहिले त्यहाँ सबै दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

    आफ्ना उमेद्वार जिताउने र आफ्नो गृहनगरमा पार्टीको पकड थप बलियो बनाएर साख जोगाउने भट्टराईको सपना गठबन्धनले पूरा गर्न सकेन । त्यसैले उनी हप्ता दिनदेखि गोरखा नछाडेर पालुङटार केन्द्रित चुनावी प्रचारप्रसारमा व्यस्त छन् । भट्टराईको सचिवालयका अनुसार उनी कहिले बिहान ६ देखि राति १२ बजेसम्म चुनावी कार्यक्रममा सहभागी हुने गरेका छन् ।

    तर, पनि उनलाई गृहनगरमा आफ्ना उम्मेद्वार जिताउन निकै धौ धौ पर्ने देखिन्छ । कारण, मेयर पदका उम्मेद्वार छान्ने विषयमै नगरपालिकामा जसपाका आन्तरिक टिमबीच झडपसमेत भएको घटना बाहिरियो । त्यो घटनाले पनि त्यहाँ जसपाप्रति नकारात्मक सन्देश प्रवाह गरिरहेकै छ ।

    यस्तै, पालुङटार कांग्रेसले बाबुराम आफ्नो साख जोगाउन गठबन्धनका लागि शेरबहादुर देउवासँग लम्पसार परेको भन्दै प्रचार गरिरहेकै छ । यसकारण पनि जसपाको क्रेजमा कमी आएको छ कि भन्ने आशंका उब्जाएको छ । यद्यपि अहिले जसपाले नगरपालिकामा आफूहरू पहिलो शक्तिको रूपमा उदाएको दाबी गर्ने गरेका छन् ।

    २०७४ को स्थानीय तहको मतपरिणाम हेर्दा पालुङटार नगरपालिकामा कांग्रेस पहिलो, माओवादी दोस्रो र जसपा तेस्रो र एमाले चौथौ शक्तिको रूपमा थियाे ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.