• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

धनकौलकाे मतदान केन्द्रमा सेना परिचालन गरेर मतदान

  •   शुक्रबार, बैशाख ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही । जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिकाको एक मतदान केन्द्रमा नेपाली सेना परिचालन गरेर मतदान सुरू भएकाे छ । धन्कौल गाउँपालिका–२ स्थित पशुसेवा कार्यालय मतदान केन्द्रमा ६ घण्टापछि नेपाली सेना परिचालन गरेर मतदान सुरू गरिएको हाे ।

    धनकौलमा बिहान मतदान सुरू भएसँगै कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच त्रिपक्षीय झडप सुरू भएको थियो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मतदान केन्द्रबाट मतपेटिका र मतपत्रसहित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको कार्यलय पुर्‍याइएको थियो ।

    लगत्तै केन्द्रको निर्देशनका मतदान स्थलको पहिलो घेरामा नेपाली सेना परिचालन गरेर मतदान सुरु गरेकाे धन्कौलका निर्वाचन अधिकृत शिवदत्त बरालले जानकारी दिए । त्रिपक्षिय कार्यकर्ता ढुंगामुढासहित झडपमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फाइर गर्नुका साथै दर्जनौँ सेल अश्रुलग्यास प्रहार गरेको थियो । झडपमा केही कार्यकर्ता समेत घाइते भएकाे पार्टीहरूकाे दाबी छ ।

    बिहान मतदान सुरू भएदेखिनै झडप सुरु भएपछि मतदान ६ घण्टा स्थगित गरेकाे निर्वाचन अधिकृत बरालले जानकारी दिए । झडप सुरू भएपछि ठुलो संख्यामा सुरक्षाकर्मी खटाए पनि स्थिति नियन्त्रणमा आउन सकेन । ठुलो संख्यामा उपस्थित भएका पार्टीका नेताकार्यकर्ता आपसमा ढुंगामुढामा उत्रिएपछि केही बेर मतदानस्थल रणभूमिमा परिणत भएको थियो । निर्वाचन अधिकृत बरालका अनुसार पालिकाको अन्य मतदान केन्द्रमा समेत पटक पटक झडप भएकाे छ ।

    ‘अरु मतदान केन्द्रमा पनि झडपको स्थिति सृजना भइरहेको छ ।’ उनले भने, ‘त्यहाँका प्रनितिधिहरूलाई राखेर सहमति गराउँदै, मतदान सुचारू गराइरहेका छौँ ।’ झडपमा उत्रिएका नेता कार्यकर्ताहरूले मतदानस्थलमा ढुंगामुढा, सिसा लगायतका सामान प्रहार गरेका थिए भने केन्द्र निर्माणमा प्रयोग गरेकाे बाँस र काठको भाटा लगायत सामग्रीमा आगजनी गरेकाे प्रहरीकाे भनाइ छ ।

    आफन्तको मत खसाल्ने, अशक्तको मत हाल्ने लगायत विषयमा सुरु भएको विवाद झडपको स्थितिमा पुगेको स्थानीयको भनाइ छ । झडप उग्र बन्दै गएपछि उनीहरू सुरक्षाकर्मी र मतदानमा खटिएका कर्मचारीहरूमाथि खनिएका थिए । यसैबीचै कौडेना गाउँपालिका–६ स्थित जनता आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा समेत झडपपछि मतदान केहीबेर स्थगित भएको थियो ।

    पछि थप सुरक्षाको लागि पुगेको नेपाली सेनाको टोलीले स्थिति नियन्त्रणमा लिएर मतदान सुचारु गराएको हाे । विभिन्न पार्टीका नेता तथा कार्यकर्ता झडपमा उत्रिएपछि मतदान केहीबेर रोकिएको निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिए । अहिले उक्त स्थानमा पनि शान्तिपुर्ण ढंगले मतदान भइरहेको छ ।

    यस्तै, जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अधिकृत दिवाकर भुजेलका अनुसार अहिलेसम्म जिल्लामा ५५ देखि ६० प्रतिशत मत खसिसकेकाे छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.