चितवन । बागमती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवन राप्तीमा वर्षामा हुने डुवान क्षेत्रको निरीक्षण गरेका छन् । राप्ती ४ वेलुवा परेको पानीकै कारण प्रत्येक वर्ष डुवानमा पर्ने गरेको छ । सोही स्थानको मन्त्री लामाले राप्तीकी मेयर प्रभा वराल लगायतको उपस्थितीमा निरीक्षण गरेका हुन् । वर्षाका वेला परेको पानी उचित निकास हुन नसक्दा यस क्षेत्र डुवानमा पर्ने गरेको स्थानीय शिखर हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष एवंम् युवा समाजसेवी केदार आचार्यले जानकारी दिए । पानी निकास नहुँदा यहाँका झण्डै एक दर्जन घर तथा लगाईएको वाली डुवानमा पर्ने गरेको छ । डुवान क्षेत्रमा ढल छैन् । निरीक्षणका क्रममा मन्त्री लामाले यसै वर्ष पानी निकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।








