हेटौँडा। बिहीबार राति अबैध तरिकाले वालुवा बोकेर आएको ट्याकटरलाई छोडन भन्दै प्रहरीलाई घुस रकम दिन खोज्ने एक जना वडा प्रहरी कार्यालय हेटौँडाको फन्दामा परेका छन्। बिहीबार राति हेटौँडा-२ संगम चोकमा अवैध रुपमा बालुवा बोकेर आएको ना ६ त ८५८६ नम्बरको ट्याक्टरलाई रोकि चेकजाँच गर्दा ट्याक्टर छोड्नु पर्यो भन्दै चेकिङ्ग टोलीलाई घुस दिन खोज्ने एकजनालाई नियन्त्रणमा लिएको वडा प्रहरी प्रमुुुख प्ररहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए। यता मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले वडा प्रहरी कार्यालयको प्रहरी टोलीले प्रहरीलाई घुस दिन खोज्ने ट्याक्टर धनि हेटौँडा १ जरुवा टोल बस्ने संजय लामालाई घुस रकम सहित नियन्त्रणमा लिएको बताएका छन्।लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिएसपी रानाले बताएका छन्।








