• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्थानीय निर्वाचन : बेसीशहरमा ४४ जनाको धरौटी जफत

  •   मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । स्थानीय तह निर्वाचनमा लमजुङको बेसीशहर नगरपालिकामा उम्मेदवार बनेका ४४ जनाको धरौटी जफत हुने भएको छ ।

    कूल खसेको मतको १० प्रतिशत मत नल्याएका विभिन्‍न राजनितिक दल एवं स्वतन्त्र उम्मेदवारको धरौटी जफत हुने भएको हो । निर्वाचन आयोगका अनुसार कानुनी व्यवस्था बमोजिम बेसीशहर नगरपालिकामा नगरप्रमुखका तीनजना र उपप्रमुख पदका दुईजना, वडा अध्यक्ष र अन्य सदस्य पदमा उम्मेदार बनेका ४४ जनाको धरौटी रकम जफत भएको हो ।

    बेसीशहरमा धरौटी फिर्ता नहुने उम्मेदारहरुमा प्रमुख उपप्रमुख पद सहित १९ जना विभिन्न वडामा अध्यक्षका उम्मेदार र २० जना अन्य सदस्य पदका उम्मेदार रहेका छन् । कूल २६ हजार दुईसय ६ मतदाता रहेको बेसीशहर नगरपालिका अन्तर्गतका ११ वडामा १८ हजार एकसय ८५ मत खसेको थियो ।

    नगरपालिकामा खसेको मतमध्ये उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको छ । वडा अध्यक्ष तथा अन्य सदस्यहरुले भने सम्वन्धीत वडामा खसेको मत मध्ये १० प्रतिशत मत ल्याउन नसकेका हुन् । बेसीशहरमा विभिन्न पदमा उम्मेदारी दिएका मध्ये धरौटी जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मात्रै १६ जना रहेका छन् । सो बाहेक मंगोल नेशनल अर्गनाईजेशन र जनता समाजबादी पार्टीका आठ/आठ जना उम्मेदार रहेका छन् । त्यसैगरी नेकपा माओबादी केन्द्रका सातजना, चारजना स्वतन्त्र उम्मेदार र एकजना नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदार रहेका छन् ।

    राप्रपाबाट नगरप्रमुख, उपप्रमुख, ६ जना वडा अध्यक्ष र आठजना अन्य सदस्य पदका उम्मेदारहरुको धरौटी रकम जफत भएको हो । मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट बेसीशहरमा नगरप्रमुख र उपप्रमुख उम्मेदार बनेका दुईजना सहित विभिन्न वडामा अध्यक्ष उम्मेदार बनेका तीनजना र अन्य तीनजना सदस्य पदका उम्मेदारको धरौटी जफत भएको हो ।

    त्यसैगरी जनता समाजवादी पार्टीबाट नगरप्रमुख उम्मेदार बनेका एकजना, पाँचजना वडा अध्यक्षका उम्मेदार र थप दुईजना सदस्य पदका उम्मेदारको धरौटी जफत भएको हो । नेकपा माओवादी केन्द्रबाट नगरपालिका अन्तर्गत विभिन्न वडामा सदस्य पदमा उम्मेदार बनेका सात जनाको सम्वन्धीत वडामा खसेको कुल मतको १० प्रतिशत मत नपुगेपछि उम्मेदारको धरौटी जफत भएको हो । त्यस्तै स्वतन्त्र तर्फ धरौटी जफत हुने सवै वडा अध्यक्षका उम्मेदारहरु हुन भने नेकपा एसको पनि एकजना वडा अध्यक्षका उम्मेदारको धरौटी जफत भएको निर्वाचन परिणामले देखाएको हो ।

    निर्वाचन आयोगले स्थानिय तह अध्यक्ष, उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखका लागि एकहजार पाँचसय रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । त्यसैगरी वडाध्यक्षका लागि एकहजार रुपैयाँ र वडासदस्यका लागि ५०० रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान थियो । यद्यपि महिला र दलित अथवा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ ।

    कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने ऐनमा व्यवस्था छ । तर निर्वाचित उम्मेदवारको हकमा यो लागु नहुने ऐनमा उल्लेख छ । सदर मतको १० प्रतिशतभन्दा कम सदर मत ल्याएरै कुनै उम्मेदवार विजयी भएका छन् भने त्यस्ताको हकमा धरौटी रकम जफत नहुने निर्वाचन आयोगले जनाएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.