पोखरा । कास्कीका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका-१८ का २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ६१ पुगेको छ ।








