• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

८५ प्रतिशत क्यान्सर सुर्तिजन्य पदार्थबाट

  •   मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    उदयपुर । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत बिरामीमा क्यान्सर रोग देखा परेको पाइएको छ । विश्व धुम्रपान दिबसको अबसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले रामजानकी माध्यमिक बिद्यालय मोतिगडामा आयोजना गरेको सुर्तिजन्य पदार्थ र वातावरण बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।

    कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका पुर्व केन्द्रिय सदस्य निगमकुमार कोईरालाले १५ प्रतिशत वंशानुगत र अन्य कारणले बाँकी सबै सुर्तिजन्य पदार्थबाट क्यान्सरको बिरामी हुने गरेको उनले बताए । उनले बार्षिक २७ हजार बढि मानिसहरु सुर्तिजन्य पदार्थबाट मृत्यु हुने गरेको तथ्याङ प्रस्तुत गरेको थियो । विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइ सकेको बताए । उनले सबैको स्वास्थ्य सुरक्षा गर्न र सुर्तीजन्य पदार्थ सेवनकर्ताको दरमा कमी ल्याउन सचेतनामुलक अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यले सार्वजानिक क्षेत्रमा मात्र नभई व्यक्तिका घरहरुमा समेत सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउनु पर्ने बताए । उनले सुर्तीजन्य पदार्थरहित दिबसलाई वर्षै भरि अभियानको रुपमा सञ्चालन गर्नु पर्ने बताए ।

    जिल्ला अस्पतालका प्रमुख डाक्टर मुकेश झाले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह रोग लाग्ने हुँदा सजकता अपनाउन अनुरोध गरे । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभइ वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु पर्ने बताए । सुर्तीजन्य पदार्थले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्यमा असर गर्नुको साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको उनले बताए ।

    पूर्वमन्त्री हरिशंकर परियारले धुम्रपान सेवनलाई रोकथाम र नियन्त्रण गर्न सामाजिक संघसंस्था, विद्यार्थी र युवालाई परिचालन गर्नु पर्ने धारणा राखे । उनले विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूम्रपान निषेध अभियान सञ्चालन गर्नु पर्ने बताए ।
    रामजानकी माबि मोतिगडाका प्राचार्य पुन्यबहादुर कार्कीले अभियानलाई कार्यान्वयन चरणमा लैजानु पर्ने बताए । उनले टोल–टोलमा यसका असर बारे बुझाउन सके समुदायलाई परिवर्तनको दिसामा लैजान सकिने बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले सबैको साथ सहयोग भए जनचेतना मार्फत धूमपान सेवनलाई नियन्त्रण गर्न सकिने बताए । उनले पछिल्लो समय धुम्रपान युवा पीढीमा बढेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । संस्थाका सचिब सुमन परियारले बालबालिकालाई अधिकतम उपयोग गर्दै सुर्तिजन्य पदार्थको नियन्त्रण र रोकथाममा लाग्नु पर्ने बताए । उनले बालबालिकाले समयमा नै आफ्ना अभिभावकलाई बालबालिका मार्फत सचेतना जगाईदिने हो भने आफै नियन्त्रण हुने बताए ।
    संस्थाका जिल्ला अध्यक्ष लेखबहादुर श्रेष्ठले सुर्तीजन्य पदार्थको धुम्रपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् । उनले प्रत्येक घरघरमा गएर धुम्रपान सेवन विरुद्धको अभियान सञ्चालन गर्ने बताए । संस्थाका सदस्य बंशबहादुर कार्कीले रोग निवारणको लागि सबैको सकृय सहभागित हुनु पर्ने बताए । उनले व्यक्तिको आनी, बानी व्यवहारमा परिवर्तन गर्न सक्यो भने मात्र रोगविरुद्ध त सहजा हुने बताए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.