• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बुटवल–लुम्बिनी प्रसारण लाइन पूरा हुँदै, आगामी असारमा उद्घाटन हुने

  •   शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
  • योगीकुटी क्षेत्रमा भूमिगत तार बिछ्याइदै । तस्विरः लक्ष्मण पौडेल
    • अ
    • अ
    • अ

    बुटवल । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पूरा हुने अवस्थामा पुगेको छ । आयोजनाका अनुसार साढे १५ किलोमिटर लम्बाइको ओभरहेड तार बिछ्याउने काम सकिएको छ भने योगीकुटीबाट तिनाउसम्म दुई किलोमिटरको भूमिगत लाइन तान्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

    भूमिगत लाइनका लागि केवल बिछ्याउने काम सम्पन्न भैसकेको छ भने अब नाङ्गो तारसँग केवल जोड्ने काम मात्र बाँकी रहेको र १० दिनमा उक्त काम पनि सकिने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । आयोजनासँगै नेपाल–भारतबीच विद्युत् व्यापारका लागि संरचना पनि तयार हुनेछन् । त्यसपछि नेपालले भारतलाई विद्युत् बिक्री गर्नेछ ।

    आयोजनाअन्तर्गत भैरहवा नजिकै मैनहिया भन्ने स्थानमा सबस्टेसन निर्माण गरिएको छ । बुटवलमा रहेको राष्ट्रिय प्रसारण लाइन ग्रिडसँग जोडेर २०० मेगावाट क्षमताको लाइन सबस्टेसनमा ल्याइएको छ । अब आयोजना निर्माणको काम सकिने बित्तिकै लाइन चार्जको काम हुने र असारभित्रै आयोजना उद्घाटन हुने पाण्डेको भनाई छ । ‘बीचमा कुनै समस्या नआए आयोजना अव असारभित्रै उद्घाटन हुन्छ, यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि यो ऐतिहासिक उपलब्धि हो,’ उनले भने ।

    आर्थिक वर्ष २०७३/०७४ ठेक्का सम्झौता भएको १३२ केभी प्रसारण आयोजनाले तीनवटा मुख्य काम चरणबद्ध रूपमा अगाडि बढाएको थियो । जसअनुसार आयोजनाले तीन वर्ष लगाएर रुपन्देहीको मैनहियामा कम्पाउण्ड वालसहितको भवन निर्माण गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७३/०७४ मै सुरु भएको सबस्टेसन निर्माणको काम पनि अब अन्तिम अवस्थामा पुगेको आयोजना प्रमुख पाण्डेले बताए । ‘अब ३३/११ र १३२/३३ केभीएको एउटा ट्रान्सफर्मर जडान गर्न बाँकी छ,’ उनले भने ।

    त्यस्तै आयोजनाले तेस्रो महत्त्वपूर्ण काम भूमिगत तार बिछ्याउने काम अगाडि बढाएको हो । यो काम सकिएसँगै आयोजना निर्माण सकिने छ । प्रसारण लाइन आयोजना निर्माणको ठेक्का चिनियाँ र नेपाली ठेकेदारले जेभीमा पाएका थिए । मुडभरी खण्ड जोशी निर्माण कम्पनीले प्रसारण लाइन बनाउने जिम्मा पाएको थियो । यता, सबस्टेसन निर्माणको ठेक्का हाइटेन्सन स्वीच गेजले पाएको थियो ।

    आयोजनाका अनुसार हाल भैरहवा क्षेत्रका उद्योग र सर्वसाधारणलाई करिब ६० मेगावाट विद्युत् आपूर्ति भएको छ । जबकि, उद्योग क्षेत्रबाट मात्रै विद्युतको माग ९० मेगावाट छ । आयोजना सम्पन्न हुनासाथ ९० मेगावाट विद्युत् तत्कालै आपूर्ति गर्ने योजनामा आयोजना छ । पछि माग थप भएमा २०० मेगावाट विद्युत् मैनहिया सबस्टेसनबाट उपलब्ध गराउन सकिनेछ ।

    भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन बिस्तार थालिएको थियो । प्रसारण लाइन बनेपछि ती क्षेत्रहरूमा पर्याप्त विद्युत् पुग्नेछ ।

    योगीकुटीबाट सब स्टेसन रहेको मैनहियासम्म विद्युत् पुर्‍याउन ५६ वटा विद्युत् पोल गाडिएको छ । आयोजना सुरु भएलगत्तै चारवर्ष जग्गाधनीको अवरोध र बाँकी दुई वर्ष कोरोना महामारीका कारण आयोजना लम्बिन पुगेको पाण्डेले बताए ।

    सरकारले आयोजना सुरु गर्दा तीन वर्षमा सक्ने लक्ष्य राखेको थियो । आयोजनाको लागत एक अर्ब १९ करोड रहेको छ । आयोजना सुरु हुनासाथ विद्युत् बिस्तारका लागि जग्गा प्राप्ति गर्ने क्रममा स्थानीयले असहयोग गर्दा ढिलाइ हुन पुगेको आयोजना प्रमुख पाण्डेको भनाई छ । ‘सुरुमा रुट विवादले पनि काम हुन सकेन, त्यो विवाद हटेसँगै फेरि जग्गाको विवाद निम्तियो, हामीकहाँ विकासमा अवरोध गर्ने परिपाटीले यस्ता आयोजनाहरू समयमा सक्न गाह्रो भइरहेको छ,’ उनले भने ।

    बुटवल–लुम्बिनी १३२ केभी यो आयोजनाबाट लुम्बिनी क्षेत्र र अमुवाका लागि एक एक वटा र भैरहवामा औद्योगिक फिडरका लागि ३३ केभिएका दुई वटा ट्रान्समिसन लाइन जडान भएका छन् । त्यस्तै तिलोत्तमा नगर क्षेत्र र स्थानीयका लागि ११ केभिएका दुई वटा ट्रान्समिसन लाइन जडान हुनेछन् । अब मर्चवारमा पनि ३३/११ केभीएको एउटा सबस्टेसन निर्माण हुने पाण्डेले बताए ।

    मैनहिया सबस्टेसनसँग जोडेर ‘मैनहिया सम्पत्तिया १३२ केभी प्रसारण लाइन आयोजना’ पनि सँगसँगै अघि बढेको छ । मैनहिया सबस्टेसनदेखि २७ किमी दक्षिण भारतको सम्पत्तियामा भारत सरकारले सबस्टेसन तयार गरिसकेको छ । मैनहिया र सम्पत्तिया सबस्टेसन विद्युत् लाइन जोडिएपछि नेपाल–भारतबीच २०० मेगावाट क्षमताको विद्युत् आयात निर्यात गर्ने बाटो तयार हुनेछ ।

    आउँदो असार महिनासम्ममा यो योजना पनि सम्पन्न हुने तयारीमा छ । यसको लागत ९४ करोड रहेको छ । जसमध्ये ४० करोड रुपियाँ जग्गाको मुआब्जामा खर्च हुने छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.