• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

महिलामाथि हुने घरेलु हिंसाको उजुरी घट्दो

  •   सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन:   पछिल्लो समय घरेलु हिंसाका घटना दिनदिनै सार्वजनिक हुँदै गएका छन् । तिनले सबैलाई झस्काउने गरेका पाइन्छ । जिल्ला प्रहरी कार्यालयले चितवनमा भने महिलामाथि हुने घरेलु हिंसाका घटना घट्दो क्रममा देखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्यांकअनुसार आव २०७५र७६ मा भन्दा आव २०७६र७७ मा घरेलु हिंसाका उजुरीहरु कम आएको छ । यस आवको हालसम्म घरेलु हिंसाका ६५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

    गत आवको यस अवधिसम्ममा घरेलु हिंसाका करिब २२४ वटा मुद्दा दर्ता भएका थिए । घरेलु हिसाको घटना गट्दो भएता पनि जबर्जस्ती करणी, जबर्जस्ती करणीको उद्योग र बहुविवाहका घटनाहरु भने तुलनात्मकरुपमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउछ । हालसम्म जबर्जस्ती करणीका २९, जबर्जस्ती करणी उद्योगका १८ र बहुविवाहका १५ घटना भएको प्रहरीको तथ्यांकले देखाउछ। आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहेकाले महिला हिंसाका घटना अझ बढ्न सक्ने प्रहरीको अनुमान छ । गत आवमा जबर्जस्ती करणीका ४१, जबर्जस्ती करणी उद्योगका ९ र बहुविवाहका १५ वटा घटना दर्ता भएका थिए ।

    घरेलु हिंसा ९कसुर र सजाय० ऐन २०६६ ले नै घरेलु हिंसाका घटनामा दुई पक्षबीच पहिला छलफल गरेर मिलापत्र गराउन भनेको छ । मिलापत्र हुन नसक्ने मुद्दाहरुमात्रै कानुनी प्रक्रियामा जाने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घरेलु हिंसाका घटनाका करिब ७५ प्रतिशत मुद्दाहरुमा मिलापत्र हुने गरेको प्रहरीले जानकारी दिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले पछिल्लो समयमा प्रहरीले सचेतनाका क्रियाकलापमा जोड दिँदै जान थालेपछि अपराधको दर घटेको बताए ।

    “मान्छे जति नै जानकार बन्यो, उति नै अपराधमा संलग्न कम हुने गर्छ, उनले भने, “जनतासँग प्रत्यक्षरूपमा प्रहरी जोडिन थालेपछि अपराधका घटनामा न्यूनीकरण भएको देखिएको छ ।” पहिले प्रहरी देख्ने बित्तिकै जनतामा त्रास सिर्जना हुन्थ्यो, अहिले प्रहरी देख्दा सुरक्षाको अनुभूति गर्न थालिएको छ ।अपराध गर्दा दण्ड जरिवाना हुने स्पष्ट बुझेका छन् । उनले थपे, “जनता आफू पनि सचेत छन्, प्रहरीले पनि निरन्तर खबरदारी गरेर सतर्क बनाउन थालेको छ। यो राम्रो पक्ष हो ।”

    प्रत्येक टोल, आमा समूह, विद्यालय, क्याम्पस र समाजमा महिलामाथि हुने घरेलु हिंसाविरूद्ध र लागूऔषधजस्ता अपराधलाई निरूत्साहन गर्न सामुदायिक साझेदारी कार्यक्रमलाई व्यापक र प्रभावकारी बनाइएको उनले बताए । ‘सामुदायिक साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाएर लैजाँदा घरेलु हिंसाका घटना केही हदसम्म घटेको हो’, उनले भने, ‘घरभित्र एक सदस्यले अर्को सदस्यमाथि गर्ने हिंसा घरेलु हिंसा भएकाले सकभर हामीले मिलापत्र गराउछौँ, मिलापत्र हुन सकेन भने अदालती प्रक्रियामा जान्छौँ ।’

    समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रहरी र जनताबीचको सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएको निष्कर्ष निकालिएको छ । सामाजिक अपराधविरुद्धको अभियानअन्तर्गत लागूऔषध दुर्व्यसनी, बालविवाह, बहुविवाहका विषयमा माध्यमिक विद्यालयस्तरमा पुगेर कार्यक्रम सञ्चालन भइरहेको छ

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.