धनुषा । धनुषामा कोरोनाबाट एक व्यक्तिको मृत्यु भएको छ । धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रणबाट आइतबार मृत्यु भएको हो । उनलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जानकारी दिएको छ । अत्यधिक ज्वरो, रुघा, खोकी जस्ता कोरोनाको लक्षण देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।कोरोना भाइरस पाइएका ती व्यक्तिको यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि आइबार धरान लैजाँदै गर्दा सिरहा पुगेपछि बाटोमै ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ । ती व्यक्तिको शव व्यवस्थापनका लागि जनकपुर ल्याउन लागिएको जनाइएको छ ।








