• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कैलाली जिल्ला समन्वय समिति गठन प्रक्रिया : तीन दिनअघिको सहमति तोडेर कांग्रेसतर्फ मोडियो माओवादी

  •   शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । कैलाली जिल्ला समन्वय समिति गठनका लागि बिहीबार नागरिक उन्मुक्ति पार्टी, नेकपा एमले र नेकपा माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भए पनि माओवादी केन्द्रले ती दिनमै सो सहमति तोडेर नेपाली कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेको छ ।

    तीन दिनअघि जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुखसहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले पाउने गरी समन्वय समितिमा तालमेल गर्ने तीन दलीय लिखित सहमति भएको थियो ।

    सो सहमति पत्रमा नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज हरि ज्ञवाली (अखण्ड) र सुरेन्द्र देवकर, नेकपा एमालेका जिल्ला उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डेय, उपसचिव लोकेन्द्र शाही र ममता चौधरी तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट केन्द्रीय सदस्य दामोदर पण्डित, रमेश विक र लालवीर चौधरीले हस्ताक्षर समेत गरेका थिए ।

    तर, सहमति भएको तीन दिन नबित्दै माओवादी केन्द्रले जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको छ । ‘केन्द्रीय तालमेलको निर्णय अनुसार हामीले कांग्रेससँग तालमेल गर्ने निर्णय गरेका छौं,’ नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव) ले भने, ‘एमाले सहितका दलसँग सामान्य छलफल मात्रै भएको हो, मूलतः हामी केन्द्रीय मर्म अनुसार नै अघि बढ्ने छौं ।’

    जिल्ला समन्वय समितिमा तालमेल गर्नेगरी नेपाली कांग्रेससँग सहमति भइसकेको र सत्ता घटककै अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल भइरहेको उनले बताए ।

    नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले समन्वय प्रमुख प्रमुख कांग्रेस र उपप्रमुख सहित ३ सदस्य माओवादी केन्द्रले पाउने गरी सहमति भएको बताए । उनले एकीकृत समाजवादी पार्टीसँग भने छलफल भइरहेको बताए ।

    ‘माओवादी केन्द्र र नेपाली कांग्रेसबीच लगभग सहमति भइसकेको छ,’ सभापति भट्टले भने, ‘एकीकृत समाजवादी पार्टीसँग थप छलफल गरेर हामी टुङ्गोमा पुग्नेछौं ।’

    बिहीबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको थियो । कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख/उपप्रमुख छन्, जुन संख्या जिल्ला समन्वय समिति गठन गर्न आवश्यक पर्ने बहुमतभन्दा बढी हो । १३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ जना एक ठाउँमा उभिनुपर्ने हुन्छ ।

    माओवादी केन्द्र नेपाली कांग्रेससँग मिलेपछि गठबन्धनसँग १३ मत पुगेको छ । तर समन्वय समिति गठन गर्न भने १४ मत आवश्यक पर्ने छ । कैलालीमा नेपाली कांग्रेससँग ८, माओवादी केन्द्रसँग ४ र नेकपा एकीकृत समाजवादी पार्टीसँग एक मत छ ।

    उनीहरूलाई जीतका लागि स्वतन्त्र उम्मेदवारको आवश्यकता पर्ने देखिएको छ । अल्पमतमा परेका नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीलाई भने स्वतन्त्र उम्मेदवारको समर्थन पाउँदा समेत बहुमत पुग्ने अवस्था देखिँदैन । कैलालीमा नागरिक उन्मुक्ति पार्टीसँग ७ र नेकपा एमालेसँग ५ मत रहेको छ ।

    माओवादी केन्द्रभित्र द्वन्द्व

    कैलालीमा जिल्ला समन्वय समितिका लागि गठबन्धन गर्दा नेकपा माओवादी केन्द्रभित्र भने आन्तरिक द्वन्द्व देखिएको छ ।

    बिहीबार माओवादी केन्द्रका जिल्ला संयोजक हरि ज्ञवालीले जिल्ला समन्वय समिति गठनका लागि नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गर्ने लिखित सहमति गरेको थियो । तर, शनिबार प्रदेश कमिटीले सो निर्णय उल्ट्याउँदै जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको हो ।

    प्रदेशको सोनिर्णबाट कैलाली इन्चार्ज ज्ञवाली रुष्ट बनेका छन् । ज्ञवालीले जिल्ला समन्वय समिति गठन गर्न बिहीबार तीन दल (नागरिक उन्मुक्ति पार्टी, नेकपा एमले र माओवादी केन्द्र) बीच भएको सहमति कायमै रहेको समेत बताएका छन् । ‘म एमालेसहितको गठबन्धनबीच भएको सहमतिमा प्रतिबद्ध छु,’ ज्ञवालीले भने, ‘तर कांग्रेससँग कसले सहमति गर्‍यो जानकारी भएन ।’

    यता माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरीले भने एमाले र नागरिक उन्मुक्ति पार्टी सँग समन्वय समिति गठन बारेमा लिखित सहमति नै नभएको र सामान्य छलफलमात्रै भएको प्रतिक्रिया दिएका छन् । ‘एमाले सहितका दलसँग समन्वय समिति गठनका बारेमा सामान्य छलफल मात्रै भएको हो,’ प्रदेश अध्यक्ष चौधरीले भने, ‘तर केन्द्रीय गठबन्धनको मर्म अनुसार नै हामी अघि बढ्ने हौं । दायाँबायाँ सोच्ने कुरै हुँदैन ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.