काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार)को मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भू(भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राती देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशको एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








