चितवन । राप्ती नगरपालिका वडा नम्बर ९ रसौलीबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लब) समुहका जिल्ला ईन्चार्ज सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा समुहका चितवन जिल्ला ईन्चार्ज लालबहादुर विसी, दलित मुक्ति मोर्चाका केन्द्रिय महासचिब रामलाल विक, होमबहादुर खड्का, भीमवहादुर श्रेष्ठ, दानवहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले उनीहरुलाई सोमबार राती राप्तीबाट पक्राउ गरिएको बताउनुभयो ।उनीहरु राती ८ः३० वजे पक्राउ परेका हुन । उनीहरु माथि थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । यस अघि सोही समुहका पोलिटव्यूरो सदस्य अनिल शर्मा बिरहीलाई उपचारका क्रममा पुरानो मेडिकल कलेजबाट निगरानीमा लिईएको थियो ।








