• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

समुदायस्तरमा कोरोनाको जोखिम

  •   मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपालगञ्ज । बाँकेमा क्वारेन्टिइन बसेकाकोे सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ ।

    यसरी परीक्षण गर्दा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको पनि छ । दुई दिनअघि नेपालगञ्जको समुदायस्तर र सरकारी तथा गैरसरकारी कार्यालयमा गरिएको परीक्षणमा कर कार्यालय र यातायात व्यवस्था कार्यालयका तीन कर्मचारी, एक मजदूर र एक मिठाइ पसलेमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    “समुदायस्तरमा र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा थप कडाइ गर्न सकिने अवस्था पनि आउन सक्छ” प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बाङले भन्नुभयो ।

    लकडाउन हटेसँगैै बाँकेमा बजार, यातायात, उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय अहिले पूर्णरुपमा खुलेका छन् । सार्वजनिक ठाउँमा मनिसहरुको भिडभाड बढेको छ । यसका कारण कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम बढेको हो । कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, यहाँस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा सोमबार कर कार्यालय नेपालगञ्जमा कार्यरत २९ वर्षीय एक सुब्बामा पनि कोरोना पुष्टि भएपछि जिल्लाका कर्मचारी क्षेत्रमा जोखिमको अवस्था बढेको छ ।

    शनिबार मात्र कर कार्यालयका एक अधिकृतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने आइतबार नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयका एक कर्मचारीमा पनि कोरोना देखिएको थियो । अहिले यी दुवै कार्यालयका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ भने कार्यालय बन्द गरिएको छ । सोमबार सङ्क्रमण पुष्टि भएका कर कार्यालयका सुब्बा प्यूठान मल्लरानीका स्थायी बासिन्दा हुन् ।

    पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य कार्यालयले रणनीतिक योजनासहित परीक्षण प्रणालीलाई थप फराकिलो बनाएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो । बाँकेमा अहिलेसम्म एक हजार ७०० पिसिआर परीक्षण गरिएकामा ४०४ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये दुई जनाको मृत्य भएको छ भने ३७२ जना उपचारपछि निको भएर घर फर्केका छन् । जिल्लाका विभिन्न क्वारेन्टिनमा अहिले ३० जनाको उपचार भइरहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.