• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दुर्गमका ज्येष्ठ नागरिकका पीडा : भत्ता लिन दुई दिन पैदलयात्रा, पालो नआएपछि रित्तो हात फर्किए

  •   आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी । बैतडीकाे सबैभन्दा दुर्गम सिगास गाउँपालिकाका कले लुहार, महा लुहार र कालु लुहार दुई दिन जंगलको बाटो पैदल यात्रा गरेर सामाजिक सुरक्षाभत्ता बुझ्न भन्दै घरबाट हिडेँ । वडा नं २ स्थित गाँजरीमा रहेको कृषि विकास बैंक शुक्रबार पुगेका उनीहरू रित्ताे हात घर फर्किन बाध्य भए । कारण- दिनभर लाइनमा बसेपनि पालो नै आएन । र अन्तिममा दुई दिन सार्वजनिक बिदा रहेकाले सोमबार आउन भनियो ।

    भौगोलिक विकटता र बैंकिङ झन्झटका कारण दुःख भएको लाभग्राहीको गुनासो छ । सिगासको वडा न.५, ६, ७ र ८ बाट हिँडेर बैंक भएको ठाउँ पुग्दा दुईदेखि तीन दिन लाग्छ । हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई बोकेर लैजानुपर्ने अवस्था छ ।

    वडास्तरमै भत्ता पाउने व्यवस्था गर्न सिगासका लाभग्राहीको माग छ । अहिले गाजरीमा रहेको कृषि विकास बैंकमार्फत भत्ता वितरण हुने गरेको छ । सिगास गाउँपालिकामा मात्रै नभई जिल्लाका सबैजसो ठाउँहरूमा सामाजिक सुरक्षाभत्ता बुझ्न समस्या भइरहेको छ । तीन देखिचार महिनाको भत्ता एकैपटक निकासा हुँदा बैंकहरूमा भत्ता बुझ्नेको भिड लाग्ने गर्दछ ।

    वृद्ध कालु लुहारले भने, ‘अहिले मात्र नभई बिरामी परेका बेला, बर्षातका बेला र हिउँ परेका बेलासमेत हामी यसैगरी भिरपाखाको बाटो भएर भत्ता बुझ्न आउँछौँ, बुढेसकालमा भत्ता बुझ्न धेरै दुःख पाइन्छ ।’

    विगतमा वडा कार्यालयबाटै वितरण हुँदै आएको भत्ता गत चैतदेखि बैंकिङ प्रणालीबाट वितरण हुन थालेको हो ।

    बिजुली नहुँदा सोलारको भरमा कम्प्युटर र इन्टरनेट चलाएर सेवा दिनुपरिरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताए । बैंकमा बिजुली र भरपर्दो इन्टरनेट नहुदाँ समस्या छ । त्यहाँ बैंक खुलेको केहि समय त इन्टरनेटले कामै नगर्दा कारोबार हुनै सकेको थिएन। अहिले सोलारबाट कामकाज गरिन्छ । तर, घाम नलागेको दिन काम गर्न सकिदैन,’  बैंकका शाखा प्रमुख साउदले भने ।

    सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.