• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सरकारको नीति विभेदकारी भन्दै स्टिल उद्योगी आन्दोलित

  •   बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । सरकारको विभेदपूर्ण कर नीतिले मारमा परेको भन्दै स्टिल तथा वायर उद्योगहरु आन्दोलित बनेका छन्  । अर्थमन्त्री जनार्दन शर्माले सीमित उद्योगीलाई फाइदा पुग्ने गरी करको दर तय गरेपछि समस्यामा परेको बताउँदै भैरहवाका उद्योगी, मजदुरहरूले विरोध र्‍यालीसहित नगरपारिक्रमा गरेका हुन् ।  उनीहरुले जिल्ला प्रशासन कार्यालय पुगी प्रजिअमार्फत विभिन्न निकायलाई ज्ञापन पत्र बुझएका छन् ।

    प्रतिस्थापन विधेयकमार्फत पहिलो बजेटमा स्पन्ज आइरनको भन्सार महसुल शून्यमा झार्ने निर्णय गरेका अर्थमन्त्री शर्माले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तशुल्क थपिदिएपछि उद्योगीहरू थप संकटमा परेका छौँ । सरकारको यो विभेदकारी र असहयोगी नीतिका कारण स्टिल उद्योगी विस्थापित हुने अवस्थामा पुगेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले भने ।

    बिलेट आयात गरेर स्टिल्स उत्पादन गर्ने केही उद्योगलाई मात्रै फाइदा पुग्ने गरी निर्णय भएको छ, ३० वटा उद्योगमध्ये अधिकांश उद्योगको विपरीत सरकारको नीति छ, यस्तो  नीतिले आफूहरूको लगानी डुब्ने सडकमा आउनुपर्ने स्थिति बनेको उनकाे भनाइ छ ।

    आ.व २०७९/०८० को नयाँ बजेटमार्फत कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क थपिदिएको छ । बिलेटको अन्तशुल्क प्रतिमेट्रिकटन दुई हजार ५०० रुपैयाँबाट बढाएर तीन हजार ५००, भन्सार बिन्दुमै लगाइने अन्तःशुल्क बढाएर चार हजार ५०० पुर्‍याएकाे छ भने एमएस वायरको साविकको ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरी १० प्रतिशत पुर्‍याइएपछि बाध्य भएर आन्दोलित हुन पुगेको उद्योगीहरुको भनाई छ ।

    सरकारको नीतिले सीमित उद्योगीलाई फाइदा भएपनि अधिकांश उद्योगी बजारमा प्रतिष्पर्धा नै गर्न नसकेर विस्थापित हुने अवस्थामा पुग्ने एस आर स्टिलका संचालक सुरज उप्रेतीले भने ।

    आर्थिक विधेयक २०७९ ले फलामे डन्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महसुल १ प्रतिशत मात्र कायम गरी अन्तःशुल्क पूर्ण छुट गरेको छ । नेपालमा ३० वटा स्टिल (डन्डी) उद्योगहरूमध्ये स्पञ्ज आइरन तथा पत्रु पगालेर डण्डी बानाउने ८ उद्योग मात्रै छन् । कच्चा पदार्थको लागतमै उनीहरुसँग प्रतिस्पर्धा गर्न नसकिने एभरेष्ट रोलिङ इण्ड्रिष्टिका सञ्चालक अरुण कुमार गोयनकाले भने । स्पञ्ज आइरन तथा बिलेट्सबाट छड बनाउँदा भन्दा बिलेटबाट छड बनाउँदा लागत प्रतिकिलोमै १२ देखि १३ रुपैयाँसम्म महँगो पर्न जाने उनले बताए ।

    र्‍यालीमा उनीहरूले आर्थिक अनुशासन कायम गर, सबै उद्योगीलाई समान व्यवहार गर, फलामे छड तथा वायर्सको कच्चा पदार्थको अन्त शुल्क फिर्ता गर, तयारी बस्तुमा मात्र अन्त शुल्क लाग्ने व्यवस्था गर, वायर्स कच्चा पदार्थमा बढाएको भन्सार महशुल फिर्ता गर, सीमित उद्योगीको दलाली बन्द गर, मजदुरलाई गरिखाने वातावरण बनाइँदेलगायतका बुँदागत माग सरकारसँग गरेका छन ।

    भैरहवाको बुद्धचोकबाट सुरुभएको विरोध र्‍याली बम्रेली टोल, नारायण पथ, मिलनचोक, मैत्री पथ हुदै नगरपारिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअलाई ज्ञापनपत्र बुझाएका थिए । नेपाल उद्याेग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद शर्माले याे नीति सीमित उद्योगीकाे हितमा छ, उपभोक्ताकाे हितमा नभएकाेले करकाे संशाेधन गर्न प्रजिअमार्फत ज्ञापनपत्र अर्थ मन्त्रालयलाइ ध्यानाकर्षण गराएकाे बताए ।

    रूपन्देही क्षेत्रमा आठवटा उद्याेग छन, त्यहाँ  करिब १० हजार श्रमिक छन् ।

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.