• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कैलालीका किसानको गुनासो- बर्खा आयो, मल आएन

  •   बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । धान रोप्ने वेला कैलालीका किसानलाई मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता भएको छ । धान रोप्नका लागि बेर्ना तयार भए पनि रासायनिक मल नआएपछि रोपाइ गर्न ढिलाइ भएको किसानको गुनासो छ । ‘धान रोप्दा  डिएपी मल चाहिन्छ,’ धनगढीका पदम भण्डारीले भने, ‘तर अहिले सम्म मल पाइएको छैन, बेर्ना तयार भइसक्यो ।’

    आफ्नो जमिन पानी जम्ने होचो स्थानमा रहेको बताउँदै उनले वर्षा सुरु हुनअघि नै रोपाई गरिनसके पछि खेत बाँझै राख्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘वर्षा सुरु भएपछि खेतमा पानीको ताल बनिहाल्छ,’ उनले भने, ‘अहिलेसम्म खेत रोपिसक्नु पर्ने हो, मलको प्रतीक्षा गर्दागर्दै ढिलो भइसक्यो, वर्षा भएपछि खेत बाँझै राख्नुपर्ने स्थिति हुन्छ ।’ एक कट्टा मल नपाउँदा धान रोप्न ढिलो भएको उनी बताउँछन् ।

    धनगढी–७ का रामदाश रानाले मल पाए तत्कालै रोपाई सुरु गर्ने योजना रहेको सुनाए । एक, दुई दिनमा वर्षा सुरु भइहाल्छ,’ उनले भने, ‘सिँचाइको सुविधा नहुँदा वर्षाको भरमै खेत रोप्नु पर्ने हुन्छ, तर यस वर्ष मल पाइएको छैन, मल पाए तत्कालै रोपाई सुरु गर्ने थिएँ ।’ कृषि क्षेत्रमा सरकारले ठुलो लगानी गरेको सुनिए पनि मल समेत दिन नसकेको उनको गुनासो छ । अरू लगानी किसान आफैले गर्न सक्ने भन्दै उनले गुणस्तरीय मल उपलब्ध गराएर किसानलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘बरु कृषिमा अरू लगानी गर्नु पर्दैन,’ उनले भने, ‘समयमै गुणस्तरीय मल उपलब्ध गराएको खण्डमा हामीलाई ठुलो राहत हुने थियो ।’

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले एक सातामा रासायनिक मल भित्रिन सक्ने बताए । साल्ट ट्रेडिङ कर्पोरेसनको कोटामा परेको मल एक सातामा कैलाली आउँछ होला,’ उनले भने, ‘सो मल सोझै सहकारीमा वितरण हुने छ, त्यसले केही राहत पुग्नेछ ।’

    एक हप्तामा पछि भित्रिने मल पर्याप्त भने नरहेको उनले बताए । ‘हामीले कैलाली, कञ्चनपुरका सहकारी संस्थालाई मल वितरण गर्दै आएका छौं,’ उनले भने अहिले मलको माग उच्च छ, तर त्यस अनुसार मल पुग्ने देखिँदैन ।’

    उता रासायनिक मल बिक्री तथा वितरण गर्ने प्रमुख निकाय कृषि सामग्री केन्द्र लिमिटेडले भने मल कहिले आउँछ भन्ने यकिन समेत नभएको जनाएको छ । दुई साता पहिला थोरै मल भित्रिएको थियो,’ कृषि सामाग्री केन्द्र लिमिटेड धनगढीका स्टोरकिपर रूपबहादुर कुँवरले भने, ‘त्यो मल वितरण भइसकेको छ, अव कहिले आउँछ कुनै जानकारी छैन ।’ कैलाली लगायत सुदूरपश्चिममा धान रोपाइँका लागि मात्रै २८ हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्ने गर्दछ ।

    मलसँगै कैलालीमा सिँचाइको पनि ठुलो समस्या रहेको छ । कैलालीमा आधा भन्दा बढी जमिनमा वर्षाको पानीको भरमा रोपाई हुने गर्दछ । कैलालीमा बोरिङ सिँचाइको प्रमुख साधन हो भने, केही स्थानमा नहर तथा कैलालीको पूर्विक्षेत्रका किसान कर्णाली नदीको पानीबाट सिँचाइ गर्दै आएका छन् ।  तर गत कार्तिकमा आएको बाढीका कारण कुलो बगाउँदा यस पटक भने टिकापुर क्षेत्रका किसानलाई समेत समस्या हुने देखिएको छ ।

    कार्तिकमा भत्केको सिँचाइ कुला मर्मत गर्न स्थानीय तहले चासो नदेखाएपछि अहिले आफ्नै लागतमा कैलालीका ५ सय किसान मिलेर कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् ।

    रानी कुलाको मुहानमार्फत टिकापुर क्षेत्रमा करिब ७ सय हेक्टर जमिन सिँचाइ हुन्छ । कैलालीको ७१ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.