काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार)को मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनसुार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भू(भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेगगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेगगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








