काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८ कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ९१४ जनामा गरिएको परीक्षण गर्दा २८ जना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १० जना कोरोना संक्रमणबाट निको भएका छन् ।
योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ३१० पुगेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १२० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








