• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सुदूरपश्चिमको बजेटमा सत्तापक्षकै सदस्यको आपत्ति, बुधबार बोलाइएको बैठक स्थगित

  •   बुधबार, असार ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते ल्याएको बजेटप्रति प्रदेशसभा सदस्यहरूले चर्को आलो चना गरेका छन् ।

    विगतमा जस्तै बजेटमा टुक्रे योजना राखिएको, बजेट भाषणमै नभएका योजना रातो किताबमा समावेश भएका, व्यक्तिलाई फाइदा पुग्ने योजना ल्याइएका, मन्त्रीको क्षेत्रमा मात्रै बजेट परेको भन्दै सत्ता पक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यले सरकारले ल्याएको बजेटको चर्को आलोचना गरेका हुन् ।

    प्रदेशसभा सदस्यहरूको चर्को आलोचनाका कारण बुधवारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक समेत स्थगित गरिएको छ । बुधबार प्रदेशसभा बैठक बस्नुअघि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरूले वार्षिक विकास कार्यक्रम पुस्तिका ‘रातो किताब’मा समावेश गरिएका योजनाको चर्को आलोचना गर्दै प्रदेशसभा बैठक सञ्चालन हुन नदिने चेतावनी दिएका थिए ।

    प्रदेशसभा सदस्यहरूले रातो किताबमाथि विमति जनाएपछि सभामुख थापाले बुधवारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थगित गरेर असार १२ गते दिउसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

    ‘आगामी वर्षको बजेट यस अघिका बजेट कार्यक्रम भन्दा पनि हलुका टुक्रे योजनाले भरिएर आएको छ,’ नेकपा एमाले संसदीय दलका उप नेता तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले भने, ‘प्रदेशका दीर्घकालीन महत्त्व बोकेका योजनमा यथेष्ट बजेट नै समावेश गरिएको देखिएन, जसका कारण सबै प्रदेशसभा सदस्यहरूले योजना सच्याएर ल्याउन माग गरेका छन् ।’

    प्रदेश सरकारले विगतका कमिकमजोरी सच्याएर यो बजेटलाई गरिबी अन्त्य हुने, रोजगारीका अवसर सिर्जना गर्ने गरी ल्याउनु पर्ने भए पनि निहित व्यक्तिलाई फाइदा पुग्ने, कमिसन बढी पाइने योजना मात्रै ल्याइएको बोहराको आरोप छ । ‘बजेटले निहित व्यक्तिलाई पोस्ने योजना ल्याएको छ,’ बोहराले भने, ‘सबै मन्त्रालयबाट मन्दिरमा मात्रै योजना परेका छन्, तर प्रदेशका गौरवका योजना, प्रदेशको विकासका लागि महत्त्व मानिएका योजनामा यथेष्ट बजेट नै राखिएको छैन, हामी यो बजेटलाई सम्झन योग्य बनाएको हेर्न चाहन्छौं ।’ प्रदेश सरकारले राखेका मनलाग्दी योजना नसच्याए १२ गते पनि प्रदेशसभा बैठक नचल्ने उनले बताए ।

    अन्य प्रदेश सभा सदस्यहरूले पुस्तिका सच्चिएर नआएसम्म सभामा बजेटको छलफल अघि बढ्न नदिने प्रतिक्रिया दिएका छन् । प्रदेशसभा सदस्य भरत खड्काले बजेट भाषणमा समावेश नै नभएका कतिपय योजना रातो किताबमा राखिएका भन्दै ती योजना तत्काल हटाइनुपर्ने बताए ।

    ‘झ्यालबाट छिराइएका योजना तत्काल हटाइनु पर्छ,’ प्रदेशसभा सदस्य खड्काले भने, ‘अनि टुक्रे योजना र मन्दिरमा गरिएको लगानी कटौती गरेर गरिबका योजनामा बजेट राखिनु पर्दछ भन्ने हाम्रो भनाई हो,’ प्रदेशसभा सदस्य खड्काले भने, ‘कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा पनि हामीले यी कुरा राखेका छौं, हाम्रा सुझावको बेवास्ता गरेर आगामी बैठक पनि सञ्चालन हुन सक्दैन ।’

    सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले मन्दिरलाई मात्रै लक्षित गरेर योजना राखिएको बोहराको आरोप छ । ‘अहिले भौतिक पूर्वाधार देखि सामाजिक विकास मन्त्रालयले समेत मन्दिरमा योजना छुछ्याएका छन्,’ उनले भने, ‘हिजो मन्दिरमा योजना छुट्याएर भ्रष्टाचार भयो भन्दै सदनमा विरोध गर्ने कांग्रेसका मन्त्रीले पनि मन्दिरलाई नै प्राथमिकता राखेको देखिन्छ ।’

    ‘रातो किताबलाई सरसर्ती हेर्दा वित्तीय अनुशासनको ख्याल समेत गरिएको देखिँदैन, मन्त्रीका क्षेत्रमा मात्रै बजेट केन्द्रित देखिन्छ,’ त्यसैले बजेटमा सन्तुलन पनि छैन,’ उनले भने, ‘माननीयहरूले पठाएका योजनाहरू कटौती गरेर झ्यालबाट योजना घुसाएका देखिएका छन्, ती योजना तत्काल हटाइनु पर्दछ ।’

    उनले कतिपय सम्पन्न भइसकेका योजनामा पुनः बजेट राखिएको भन्दै आपत्ति जनाएका छन् । ‘माननीय ज्यूले दिएका महत्त्वपूर्ण योजनाको कत्ति पनि ख्याल गरिएको छैन,’ खड्काले भने, ‘सम्पन्न भइसकेका योजनामा फेरी बजेट पारिएको छ, रातो किताब अलिकति पनि ख्याल नगरेर ल्याएको छ, यस्तो हचुवा कार्यक्रम जनताका माझै जान सक्दैन ।’

    प्रदेश सभा सदस्य मालामति रानाले रातो किताबको आवरण नै गलत रहेको बताइन् । उनले विगतमा रातो देखिने गरी किताब ल्याइने गरेकोमा अहिले नीलो बनाई ल्याइएको भन्दै सो पुस्तकलाई ‘ब्लु बुक’ को संज्ञा दिइन् । ‘प्रदेश सरकारले सार्वजनिक गरेको ब्लु बुकमा एउटा पनि गतिलो योजना देखिँदैन,’ उनले भनिन्, ‘यसलाई स्विकारेर जान सकिँदैन ।’

    हिजो रातो किताब जलाएर तमासा देखाउने नेपाली कांग्रेस सरकारमा गएपछि योजनामा झनै मनलाग्दी गरेको देखिएको उनले बताइन् । ‘नेपाली कांग्रेस सरकारमा गएपछि प्रदेशको समग्र विकास हुनेगरी बजेट आउँछ होला भन्ने सोचेकी थिए,’ उनले भनिन्, ‘तर अहिलेका योजना विगतका भन्दा पनि नराम्रा योजना आएका छन्, हिजो मन्दिरमा बजेट छुट्याएको भन्दै विरोध गर्ने कांग्रेसले यस पटक पनि त्यही योजना दोहोर्‍याएको देख्दा अचम्म लागेको छ ।’

    उनले आर्थिक मामिला मन्त्री प्रकाश रावलले कञ्चनपुर जिल्लामा मात्रै ४० वटा मन्दिरमा बजेट राखेको आरोप लगाइन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.