चितवन । वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले चितवनका एक प्रहरी निरीक्षकसहित ८ सम्मानित तथा पुरस्कृत भएका छन् । एक बर्ष भरि चितवनको ट्राफिक कार्यालय मातहत रहि उत्कृष्ट कार्य गरेका प्रहरी निरीक्षक दयाकृष्ण भटट्सहित प्रहरी नायब निरीक्षक कृष्णबहादर ज्यू ठकुरी, प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर घिसिगं र प्रहरी हबल्दार हरेराम खतिवडा प्रशंसापत्र सहित र प्रहरी हबल्दार माधव खतिवडा र बाबुराम न्यौपाने प्रहरी जवानहरु रमेशदत्त भटट र अर्जुन अधिकारी नगद पुरस्कारसहित सम्मानित भएका हुन् ।चितवन एक बर्ष भरि ट्राफिक सचेतना, दुर्घटना न्यूनिकरण, कोरोना कहर विच उत्कृष्ट कार्य भन्दै वागमती प्रदेश ट्राफिक प्रमखु प्रहरी उपरिक्षक प्रकाश रानाभाट एक समारोहका विच उनीहरुलाई सम्मानित र पुरस्कृत गरेका हुन् ।








