पोखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न तीन जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये तनहुँका १, म्याग्दीका २ र कास्कीका ३ जना रहेका छन् । सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईशोलेसनमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय २५ पुगेको छ । जसमा एक हजार २ सय ४३ जना उपचारपछि निको भैसकेका छन् ।








