चितवन । भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित युनाईटेड टेक्निकल कलेज (युटेक) मा आईतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कलेजको १४ औँ वार्षिक उत्सबको अवसरमा कलेज परिसरमा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी १०६ जनाले रक्तदान गरेको कलेजका प्रमुख प्रशासकीय अधिकृत बिनोद ढकालले जानकारी दिए ।
कलेजले आफ्नो वार्षिक उत्सबको अवसरमा बिगतका बर्षहरु देखिनै विभिन्न सामाजिक कार्य गर्दै मनाईने गरेको उनले बताए । साथै कलेजले भरतपुर नारायणी सामुदायिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर किशोर गौतमको टोलीद्वारा हेल्थ क्याम्प पनि आयोजना गरेको थियो । जस्मा बिध्यार्थीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
कलेजका संचालक समितिका अध्यक्ष चुनामणी खनालको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा कलेजका शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।









