• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

पिपिसि ढलानको छड्ने अनुगमनमा मेयर भट्टराई

  •   शुक्रबार, असार २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । स्टीमेट अनुसार पिसिसि ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्ने अनुगमनमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन् ।

    असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान भइरहेको जनगुनासोका आधारमा छड्ने अनुगमनमा निस्कनु परेको मेयर भट्टराईले बताए । सुटुक्क निर्माणस्थल पुगेका मेयर भट्टराईले वडाध्यक्ष लिलाकुमार चौहान, निर्माण उपभोक्ता समिति र स्थानीयसँग भेटघाट गरेर ढलानको विषयमा सत्यतथ्य जानकारी लिएका छन् । मध्यपहाडीबाट वडा कार्यालय–स्वास्थ्यचौकी पुग्ने बाँकी ५५० मिटर खण्डमा पिसिसि ढलान भइरहेको छ ।

    तर पिसिसि ढलानका क्रममा प्राविधिक स्टिमेट अनुसार सव–वेस नलगाएको, ढलानमा रडको प्रयोग नगरिएको, ड्रेन र पर्खाल नबनाई गुणस्तरहीन काम गरेको गठबन्धन पक्षीय नेताको दावी छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पुर्वाधार विकास कार्यक्रम शिर्षकको ७८ लाख (कन्टेन्जेन्सी कट्टा गरी)मा पिसिसि ढलानको काम सुरु गरिएको हो । स्टीमेट कुल्चिएर काम भएको भन्दै गठबन्धन पक्षधरले विरोध जनाएपछि पटक–पटक पिसिसि ढलानको काम रोकिएको थियो ।

    एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानमाथि भेला नगरी आफुखुसी सडक ढलान उपभोक्ता समिति गठन गरेको, बदनियतपुवर्क किर्ते कागजात खडा गरी अनूकुल उपभोक्ता समिति गठन गरेको, उपभोक्ता समितिका सदस्य नै समितिको अध्यक्ष एवं पदाधिकारीका बारेमा बेखबर रहेको, योजनाको लागत रकम, स्टीमेट र कामको प्रकृति बारे थाहा नपाएको, कतिपयलाई झुक्याएर समितिमा राखेको आरोप छ ।

    गत १९ पुसमा अनुगमनमा पुगेको नगरपालिकाका प्राविधिकले गुणस्तरहीन काम भएको भन्दै काम रोक्का गरेको, निर्माणकै चरणमा सडकको ढलान पड्किएको र सव–वेस नलगाइएकाले मुनिबाट ओढार परिसकेको गठबन्धन दलको दावी छ । वडाध्यक्ष चौहानले भने राजनैतिक पुर्वाग्रह राखेर सडक ढलानमा अवरोध सिर्जना गरिएको बताउँछन् ।

    वर्षाले खोतलियो कालोपत्रे 
    मध्यपहाडी लोकमार्गदेखि केहीमाथि रहेको वडा कार्यालय पुग्ने सडकको कालोपत्रे भलपानीले खोतलेको छ । मध्यपहाडी कालोपत्रेको काम गरेको रमण गोल्डेन गुड जेभीका प्रतिनिधि साङ्गे शेर्पाले आर्थिक वर्ष २०७७/०७८ मा वडा कार्यालय जाने सडकको ३२० मिटर खण्ड कालोपत्रे गरिदिएका थिए । वर्षाको भलपानी कारण नाली खोतलिएर खोल्सो बनेको देखिएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.