चितवन : सामाजिक कार्यमा सक्रिय चितवनका युवा अभियन्ताहरुले संचालन गरेको ६० दिने ‘क्लीन चितवन,ग्रिन चितवन, बेटर चितवन अभियान संचालन गरेको आज ३७औँ दिन पुगेको छ ।
सो अवसरमा अभियानका अभियन्ताहरुले भरतपुर अस्पताल बाहिरको सडकमा सरसफाइ कार्यक्रम गरेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले बताए।अस्पताल हातामा फोहरहर वढेसगैं रोगहरुको संक्रमण पनि वढ्ने हुदा सरसफाइ जरुरी रहेको अभियन्ताहरुले वताएका छन् । तर पनि भरतपुर अस्पतालको हाता वरिपरि मेडिकल कलेजवाट फोहरहरु फालिने भएर पनि सो क्षेत्र वढि दुर्गन्धित हुन पुगेको छ। कार्यक्रममा स्थानिय ब्यक्तित्वहरु लगायत अभियानका अभियन्ताहरुको उत्साहजनक सहभागिता रहेको छ।
क्लीन चितवन,ग्रिन चितवन, बेटर चितवन अभियान संचालन गरेको ३७औँ दिन :भरतपुर अस्पताल सरसफाइ
क्लीन चितवन,ग्रिन चितवन, बेटर चितवन अभियान संचालन गरेको ३७औँ दिन :भरतपुर अस्पताल सरसफाइ
- अ
- अ
- अ








