काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइताबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ र गण्डकी प्रदेश एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








