• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

  •   बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    उदयपुर ।  वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याएयता कारखाना खुलेकाे छैन ।

    उद्याेग बन्द हुँदा दैनिक ७२ लाख ३० हजार रुपैयाँ घाटा भइरहेकाे उद्याेगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए । उनले भने, ‘विद्युत् आपूर्ति रोकिएपछि उद्योग बन्द छ । अहिलेसम्म १५ करोड ९० लाख ६० हजार रुपैयाँ उद्योगलाई घाटा भइसकेकाे छ ।’

    उद्योग पूर्ण सञ्चालन गर्न ६ दशमलब ५ मेगावाट विद्युत् आवश्यक पर्छ । तर, अहिले प्राधिकरणले २ मेगावाट मात्रै उपलब्ध गराउँदै आएको छ । प्राधिकरणको लहान सबस्टेशनमा चट्याङले हानेपछि सिराहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बूमा समेत विद्युत आपूर्तिमा समस्या भएको छ । प्राधिकरणकाे लहान सबस्टेशन पूर्ण रुपमा क्षतिग्रस्त भएपछी उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुमा अहिले सोलु कोरिडोरमा उत्पादन भएको बिजुली बितरण गरिएको छ । सिराहामा भने सप्तरी र धनुषाबाट बिद्युत आपूर्ति गरिँदैछ ।

    प्राधिकरण गाईघाट बितरण केन्द्रका प्रमुख पंकज गोइतले गत ९ असारमा लाहान सबस्टेशनमा भएको ६३ एमभीएकाे ट्रान्सफर्मर क्षतिग्रस्त बनाएकाले समस्या भएको बताए । उनले भने, ‘प्राधिकरण रातदिन नभनि मर्मतमा लागेको छ । मर्मत अन्तिम चराणमा पुगेकोले केहि दिनमा आपूर्ति हुनेछ । चट्याङले करोडौँकाे क्षति पुगेकाे छ ।’

    विद्युतकाे भोल्टेज कम भएकाले उद्योग बन्द हुन पुगेको हो । पूर्ण रूपमा मर्मत नभइ उद्योग सञ्चालनमा आउन सक्दैन । नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका प्रमुख गोइतले उद्योगलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराएको दाबी गर्दछ । उनले भने, ‘उद्योगलाई विद्युत् प्राधिकरणले आवश्यक पर्ने दैनिक २ मेगावाट दिइरहेका छौँ ।’

    उनले दुई मेगावाटमा सञ्चालन हुने उद्योग दैनिक ६ मेगावाट विद्युत् नपाएर घाटा भयो भन्नुभन्दा विद्युत् भोल्टेज सन्तुलन गर्ने उद्योगको क्यापिसिटर बैंक राख्न सुझाव दिए । उनले भने, ‘समस्या उद्योगको क्यापिसिटर बैंकमा छ । हामीले क्यापिसिटर बैंकमर्मत गरेर उद्योग सञ्चालन गर्न अनुरोध गर्दै पत्र समेत पठाएका छौ ।’

    प्राधिकरणले आवश्यक विद्युत उपलब्ध गराएको बताईरहँदा घरेलु प्रयोजनका निम्ति जडान गरिएका मोटर, पंखा, फ्रिजसमेत सञ्चालन भएका छैनन् । कम भोल्टेजकै कारण गाईघाटस्थित दैनिक पत्रिका छपाइमा समेत समस्या आएकाे सिम्रिक दैनिकका कार्यकारी सम्पादक सुखिलाल चौधरीले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.