• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नौ महिनाअघि घुसकाण्डमा कारवाही भोगेका कर्मचारीलाई वन निर्देशनालय प्रमुखको जिम्मेवारी

  •   शनिबार, असार ३२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । भैरहवास्थित लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयमा १५ असारमा कर्मचारीबीच हातपात भएको घटना १५ दिनपछि सार्वजनिक भएको छ ।

    निर्देशनालयका निमित्त निर्देशक र सोही तहका अधिकृतबीच धान दिवसका दिन हानहान भएको थियो । अनियमितताको आरोपमा कारबाहीमा परेका जिल्ला वन अधिकृत (डिएफओ) जीवन पंगेनी निर्देशनालयको निमित्त निर्देशक भएर आएपछि कार्यालयका कर्मचारीहरूले कसैलाई टेर्न छाडेका छन् ।

    दुई साताअघि निर्देशनालयकै अर्का उप–सचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेपछि पंगेनी विवादमा तानिएका हुन् । चौधरीलाई हातपात गर्ने पंगेनीले उल्टो आफूलाई आक्रमण प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा उजुरी दिए ।

    उनको उजुरीपछि प्रहरीले दुवै जनालाई राखेर छलफल गराएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी आएपछि छलफल गराउने भन्दै जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूले उनीहरूलाई बिदा गरेका थिए । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर दीपक कुँवरले भने ‘दुई हप्ताअघि उजुरी आएको हो, त्यसपछि दुवै जनालाई बोलाएर राखेर कुरा गरायौं, मिल्नु भएन । सिडीओसाब आएपछि छलफल गराउने समन्वय भएको हो । चौधरीजी बाहिर जानु भएको भन्ने जानकारी आएकोले छलफल हुन सकेको छैन् ।’

    घटना विवरण अनुसार, पंगेनीले उप–सचिव चौधरीलाई कार्यालयको कामको सिलसिलामा अर्घाखाँची जान स्वीकृत दिएका थिए । स्वीकृतीपछि चौधरी अर्घाखाँची जान तयार भए । तर, अर्घाखाँची जान भनेर घरबाट निस्केका उनी कार्यालयमा जाँदा कार्यालयको गाडी देखेनन् । उनले चालकलाई त्यहींबाट फोन गरे । अनि चालकले पंगेनीलाई लिएर बुटवल गएको बताए । त्यसपछि चौधरीले कार्यालय प्रमुख पंंगेनीलाई टेलिफोन गरे । पंगेनीले ‘जान मन नभए नगए हुन्छ’ भन्दै ठाडो जवाफ फर्काए ।

    पंंगेनी कार्यालयमा आएर चुक्कल लगाएर बसेका थिए । त्यही विषयमा कुरा गर्न कार्यालय प्रमुखको कार्यकक्षमा गएका चौधरीले चुक्कल लगाएको कोठा ढकढक्काए । अनि, त्यही विषयलाई पंगेनीले हातपात भएको वहाना बनाए । यसबारेमा पंगेनीसँग सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । उनको मोबाइल स्वीच अफ छ । कार्यालयका कर्मचारीहरूले उनी १ साउनसम्म बिदामा बसेको बताएका छन् ।

    प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले उनीहरूबीच विवाद भएको र पंगेनी प्रहरी कहाँ गएर गल्ती गरेको बताए । ‘प्रहरी कहाँ गएपछि म कहाँ पनि निवेदन आएको थियो ,’ उनले भने ।

    वन निर्देशक इन्द्रबहादुर पछाई २२ असारमा अवकाशमा जानुअघि दुई साताको बिदा बसेपछि पंगेनीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

    रुकुम पूर्वमा डिभिजन वन अधिकृत समेत रहेका पंगेनीले नौ महिनाअघि यार्सागुम्बा संकलन गर्ने एक सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको अडियोसहित वन तथा वातावरण मन्त्रालयमा उजुरी परेपछि छानबिन भएको थियो । मन्त्रालय स्रोतका अनुसार उजुरीपछि भएको छानबिनले उनलाई दोषी ठहर गरेको थियो । छानबिनपछि साविकमा कार्यरत रूकुमबाट प्रदेश वन निर्देशनालय भैरहवामा राखिएको थियो ।

    रूकुमको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटकी रसिला बुढामगरलाई पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनको लागि नियमानुसार राजश्व तिरेर वन कार्यालयको पूर्जी लिन गएका बेला कार्यकक्षमा होहल्ला हुन्छ भन्दै निवासमा बोलाएर घुस मागेका थिए ।

    लामो बार्गेनिङपछि राजस्व तिरेको बराबरको रकम राजस्व स्वरुप दिनु भनेर सेवाग्राहीसँग घुस मागेको अडियो त्यसबेला सार्वजनिक भएको थियो । उनले सेवाग्राहीसँग माथिका मन्त्री, सिडिओ, पत्रकार र फाँटका अन्यलाई पनि दिनुपर्ने भनेर सेवाग्राहीसँग पैसा मागेका थिए ।

    कारवाहीस्वरूप रूकुम पूर्वबाट निर्देशनालयमा तानिएका पंगेनीलाई वन तथा वातावरण मन्त्रालयका सचिव कार्कीले निमित्त प्रदेश वन निर्देशकको जिम्मेवारी दिएपछि कार्यालयमा भाँडभैलो हो । ‘त्यो व्यक्तिमा समस्या छ, सिनियर भएकाले निमित्त दिएको हो, अब सरूवा निस्कदा उपयुक्त पात्र पठाउनुपर्छ,’ सचिव कार्कीले भने ।

    घुस काण्डमा कारबाहीमा परेका पंगेनीको एक वर्ष नपुग्दै महत्वपूर्ण जिम्मेवारी दिएपछि मन्त्रालयका अधिकृतहरू पनि असन्तुष्ट छन् । प्रदेश वन निर्देशनालयले प्रदेशका १२ वटै जिल्लाका डिभिजन वन कार्यालयको कामको समन्वय, अनुगमन र निर्देशन दिनेगर्छ ।

    पंगेनी निर्देशक भएपछि अहिले लुम्बिनी वन निर्देशनालयका कर्मचारीले एकले अर्कोलाई अटेर गर्न थालेका छन् । कर्मचारीले मनलाग्दी काज बनाउने र घर जाने गरेका छन् । निर्देशनालयकै सञ्जय तिवारी उप–सचिव प्राविधिक नवाँै तहका अर्घाखाँची काज बनाएर चितवनस्थित निवास गएका छन् । केही दिनअघि पनि तिवारीले कार्यालयबाट काज बनाएर सरकारी सवारीसाधन लिएर निजी काममा गएको पाइएको छ ।

    हालैमात्र सेवा निवृत्त भएका ईन्द्रबहादुर पछाई बिदा बसेपछि तिवारीले आफूलाई निमित्त बनाएर कार्यालयको सेवा सुविधा लिएका थिए । ‘हामीले बद्नाम प्रदेश भनेर प्रदेश नम्बर २ लाई भन्थ्यौं । तर, त्योभन्दा बढी अहिले लुम्बिनी प्रदेश वन निर्देशनालय भएको छ ।’कार्यालयको अवस्था लथालिङ्ग देखेका एक कर्मचारीले भने ।
    नौ महिनाअघि घुसकाण्डमा रूकुम पूर्वबाट प्रदेश वन निर्देशनालय तानिएका उप–सचिव जीवन पंगेनीले कार्यालय प्रमुखको जिम्मेवारी पाउने बित्तिकै सहकर्मीप्रति उदण्ड व्यवहार देखाउन थालेका छन् । त्यसको पहिलो शिकार भए, उप–सचिव प्रेमशंकर चौधरी ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.