• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रोकिएन असारे खर्च, रुपन्देहीबाट ५ अर्ब फ्रिज, ४६ प्रतिशत मात्रै पुँजिगत खर्च

  •   सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा ।  विकासमा बामे सर्दै गरेको रुपन्देहीमा आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ५ अर्ब बजेट फ्रिज भएको छ ।  समयमै काम गर्न नसक्दा जिल्लामा अख्तियारी पाएको मध्येबाट ४ अर्ब ९७ करोड ५० लाख  ७१ हजार रुपैयाँ खर्च नभएर फ्रिज भएको हो ।

    चालुतर्फ उल्लेख्य खर्च गरेको कार्यालयहरूले पुँजिगततर्फ भने आधा रकम पनि खर्च गरेका छैनन् । पूर्वाधारको आवश्यकता पुरा गर्न गरिने पुँजिगत खर्च मध्ये झण्डै २१ प्रतिशत खर्च असार महिनामा भएको छ । असारे विकास अझै पनि हटेको छैन भन्ने सन्देश यो तथ्यांङले देखाएको छ ।

    कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा कुल ४३ अर्ब ३६ करोड ४२ लाख विनियोजित बजेट मध्ये ३५ अर्ब ६८ करोड ६६ लाख ८१ हजार  ४ सय १४ रुपैयाँ अर्थात् ८२ दशमलव २९ प्रतिशत मात्र खर्च भएको कोलेनिका कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

    कुल बजेटमध्ये चालुतर्फ ३४ अर्ब १२ करोड ५८ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएकोमा ९२ दशमलव ०८ प्रतिशत अर्थात् ३१ अर्ब ४२ करोड ३४ लाख ७ हजार खर्च भएको छ । यसै गरी पुँजीगततर्फ अख्तियारी आएको ९ अर्ब २३ करोड ८३ लाख ४५ हजार बजेट मध्ये ४६ दशमलव १५ प्रतिशत अर्थात् ४ अर्ब २६ करोड ३२ लाख ४३ लाख मात्रै खर्च भएको छ ।

    चालु बजेटको एक चौथाइ आएको पुँजिगततर्फको बजेट आधाभन्दा बढी बजेट कर्मचारीहरूले काम नगरिदिँदा फर्केको छ । पुँजिगत खर्चतर्फ १ अर्ब ९० करोड ४६ लाख रकम त असार महिनामा मात्रै खर्च भएको छ । विकास निर्माण र पूर्वाधारमा देखिने यो खर्च नहुनु भनेकै विकास निर्माणको काम कछुवा गतिमा हुनु हो ।

    असार महिनाविकासे महिनाको रूपमा परिचित छ । असार महिना सुरु भए लगतै विकास निर्माणको काम धमाधमहुने गरेको छ भने कमसल र गुणस्तरीय छैन भन्दै आलोचना पनि हुन्छ । विगतकावर्षहरू जस्तै यस वर्ष पनि रुपन्देहीमा यो परिपाटी नरोकिएको यो तथ्यांङले देखाउँछ ।

    पुँजीगत तर्फ २ करोड ४२ लाख ५१ हजार रुपैयाँ बजेट छुट्ट्याइएको भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाले वर्ष भरिमा ३० हजार ९ सय रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यस्तै सडक डिभिजन बुटवलले पुँजीगत तर्फ ३ अर्ब ७७ करोड ६८ लाख ७१ हजार अख्तियारी पाएकोमा  ९९ करोड ३८ लाख २४ हजार रुपैयाँ मात्र खर्च गर्न सक्यो जसमध्ये ४५ करोड ५४ लाख त असारमा मात्रै खर्चेको छ ।

    बेलहिया बुटवल व्यापारिक मार्गले ३१ करोड मध्ये १३ करोड ७८ लाख, संघीय आयोजना कार्यान्वयन इकाई सिद्धार्थनगरले १ अर्ब ४६  करोड अख्तियारी पाएकोमा ७७ करोड ९२ लाख खर्चेको छ जसमध्ये ३१ करोड असारमा मात्रै छ ।

    आर्थिक कोरिडोर कार्यालय बुटवलले १४ करोड १९ लाख ५५ हजार मध्ये १ करोड ६४ लाख, जनताको तटबन्ध कार्यक्रमका लागि आएको ६४ करोड ६५ लाख मध्ये २९ करोड ८६ लाख, भूमिगत जल सिचाई भैरहवा लुम्बिनीका लागि विनियोजित २७ करोड ९५ लाख मध्ये हाल सम्म १९ करोड ६८ लाख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले अख्तियारी पाएको ४ करोड ५० लाख ४० हजार बजेट मध्ये १ करोड ६३ लाख खर्च गरेका कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

    पालिका तर्फ मायादेवी गाउँपालिकाका लागि आएको २ करोड, कोटहीमाई गाउँपालिकालागि १ करोड ५० लाख, रोहिणीका लागि १५ लाख, कञ्चन गाउँपालिकाले १ करोड ९५ लाख, देवदह नगरपालिकाका लागि १ करोड ५० लाख खर्च  गर्न नसकेर फ्रिज गरेका छन् । भैरहवा स्थित कार्यालयले जिल्लाका संघीय कार्यालय, प्रदेश मन्त्रालय र जिल्लाका स्थानीय तहलाई निकासा दिने गर्छ । रुपन्देहीका १ सय ३४ कार्यालयहरूलाई बजेट निकासा दिने र ९९ वटा कार्यालयबाट राजस्व असुली हुने गर्छ ।

    प्रमुख कोष नियन्त्रक ज्ञवालीका अनुसार पुँजिगत तर्फ असार महिना सम्ममा खर्च भएको रकम ४ अर्ब २६ करोड रुपैयाँ मध्ये १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ असार महिनामा मात्र खर्च भएको छ,  वर्ष भरि खर्च भएको रकमको ४४ दशमलव ६७ प्रतिशत असार महिनामा मात्रै खर्च भएको हो ।

    खर्च गर्नलाई ४३ अर्ब पाएको रुपन्देही जिल्लाले केन्द्रलाई १ खर्व ४३ अर्ब ६४ करोड बढी राजस्व उठाएर पठाएको छ । ज्ञवालीका अनुसार कुल राजस्वको करिब २२ देखी २४ प्रतिशत योगदान रुपन्देहीबाट हुने गर्छ, वर्ष भरि सबैभन्दा बढी राजस्व उठाएको भैरहवा भन्सार कार्यालयले भन्सारले १ खर्ब १५ अर्ब ८८ करोड राजस्व संकलन गरेको छ ।

    यसै गरी आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब ९० करोड ९ लाख,  आन्तरिक राजस्व कार्यालय भैरहवाले ११ अर्ब ६६ करोड ४२ लाख , कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत पनि ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.