• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाउँछन् मालिकाका स्थानीय

  •   सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला  । कनका सुन्दरी गाउँपालिका-२ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन् ।  मौरी पालनको लागि उनीहरुले तालिम पाएका होइनन् ।

    त्यहाँ उनीहरुले परम्परागत रुपमा मौरी पालेका छन् । मालिका बोताको रोथका अधिकांश घरमा १२ देखि २५ सम्म मौरीका घार राखेको देखिन्छ ।

    मालिका बोता गाउँकी गउकली रावतका घरमा पालेको मौरीको महबाट वर्षेनी एक लाख आम्दानी हुने गरेको छ ।  ‘एक किलोको ३ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । घरमा १० वटा मौरीका घार छन्’ उनले भनिन, ‘रोथ हाम्रो लेखाली घर हुन् । यहाँ आलु, सिमी गँहु, मकै लगायतको अरु उत्पादन पनि हुन्छ ।’

    त्यस्तै सोही ठाउँका बिष्णुखर रावतका घरमा पनि मौरीका ११ घार छन् । उनी भन्छन्, ‘म १२ वर्षको हुँदा आमाले मह काढेको देख्थे, पछि मौरीपालन गर्ने इच्छा जाग्यो ।’ मौरीको घर र मह अहिले उनी आफैं व्यवस्थापन गर्छन् ।

    आमाले मह काढेको देखेपछि त्यसलाई सिको गर्दै मौरी पालनतर्फ आर्कषित भएका उनी अहिले सफल भएका छन् । ११  घार मौरी पालेका उनी मह बेचेर वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्छन् । उनको  लेखमा रहेको घरको आसपासमा खोपिल्टा, चर्पीको छानामाथि, आँगन जतातत्तै मौरीका घार छन् । उनी भन्छन्, ‘अहिलेसम्म मौरी पालनका लागी कुनै तालिम लिएको छैन ।’

    आधुनिक रुपमा मौरी पालनको लागि तालिम पाएको खण्डमा आफूहरुलाई सहज हुने उनी बताउँछन् । परम्परागत घारमै बसेका मौरी पालिरहेको उनले बताए । स्थानीय परम्परागत घार गोलो आकारको काठको मुढालाई खोपेर बनाइन्छ । मुढालाई खोपेर तयार पारिएको ढ्वांगको दुवैतर्फ प्वालको दुईतर्फ काठको टुक्राले छोपिन्छ । घारको कुनै भागमा मौरीलाई आवात जावत गर्न प्वाल पारिन्छ । त्यस्तै मालिकाबोताकी सुकिली रावत स्थानीय बजारमा महको माग अत्यधिक रहेको बताउँछिन् ।

    मह काढ्न नपाउँदै खरिदका लागि उपभोत्ता घरैमा आउँछन् । उनका अनुसार मह प्रतिकिलो ३ हजारका दरले घरमै बिक्री हुन्छ । ‘अहिले बजारको माग धान्नै गाह्रो छ’, उनले भनिन् ‘मह खरिदका लागि घरमा आएका कतिपय नपाएर रित्तै फर्किंन्छन् ।’

    घारको मौरी छुट्टिन लागेको मेसो पाउने वित्तिकै उनीहरु घारको ढोका खोलिदिन्छन् । माटोको छर्राले हानेर कुनै ठाउँमा गोला परेको अवस्थामा घारमा ल्याएर सार्छन् । मौरीको घार बनाउन सबैभन्दा उपयुक्त उत्तिस, मौवा, ढाल्ने, र पात्लेको काठ हो । ‘वर्षको दुई पटक मह काढ्दा एउटा घारबाट २० किलोसम्म मह हुन्छ’ उनी भन्छिन्, ‘मैले मौरीलाई भन्दा पनि मौरीले मेरो परिवारलाई पालिरहेको छ ।’’
    थोरै मेहनतबाट मनग्य आम्दानी हुने भएकाले मौरी पालनतर्फ आर्कषित भएको उनको भनाइ छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.