चितवन । सरकारले बिद्यार्थीहरुको स्वास्थको ख्याल नगरि परिक्षा लिन लागेको भन्दै चितवनमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । चितवनको विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले आन्तरिक मूल्याङ्कनको आधारमा कक्षा ११ का विद्यार्थीलाई उत्तीर्ण बनाउनुपर्ने र परीक्षा स्थगित गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

आज विद्यार्थीहरुले आफुहरुको भविष्य माथि खेलवाड नगर्न माग गर्दै चौबिसकोटीमा प्रदशन गरेका हुन् । उनीहरुले शिक्षामा घुस्यो व्यापार, विद्यार्थीको भविष्य अन्धकार, दुई जिव्रे शिक्षा मन्त्री चाहिदैन् , बिद्यार्थीलाई धोका दिन पाईदैन् लगायत प्लेकार्डहरु बोकेका थिए ।
सडकमा निस्केका आक्रोसित विद्यार्थीहरुले कहिलेसम्म अनिर्णयको बन्दी हुने, सरकार बाहिर उज्यालो भइसक्यो अब उठ्ने कि साथै शिक्षामन्त्रीको राजीनामा माग्दै विद्यार्थीहरु माथि दुई तिहाइ सरकारको दादागिरी चन्दैन् विद्यार्थीको भबिष्य खेर फाल्न पाईदैन् भन्दै नाराबाजी गरेर चौबिसकोटीमा विरोध गरेका हुन् ।

घरमा बसेर परिक्षाकाे तयारी गरेका विद्यार्थीहरुको एक्कासी परीक्षा रद्द गराएर अहिले परिक्षाको लिने निर्णय गरेर विद्यार्थीहरुको एक वर्ष खेरा फाल्दिएको भन्दै आफुहरुको भविष्य माथि खेलवाड नगर्न चेतावनी समेत दिए । कक्षा ११ को परीक्षा गर्न नहुने भन्दै आन्दोलित भएका विद्यार्थीहरुले लामो समयको लकडाउने मानसिक समस्यामा बस्नु परेको र कोरोना नहटेको भन्दै परीक्षा दिन नसक्ने बताए ।








