काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । देशभर सामान्यदेखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, वाग्मती प्रदेश र प्रदेश न ५ का केही स्थानहरु अन्य प्रदेशका एक र दुइ स्थानमा अहिले बर्षा भैरहेको जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राती देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








