चितवन । रत्ननगर १० बैरियामा रहेको अंकुरम पोलिक्लिनिकमा निशुल्क बहिरंग (ओपिडी) सेवा सुरु भएको छ । स्वास्थ्य सेवालाई सहज र सबैको पहुचमा पुर्याउनका लागी निशुल्क ओपिडी सेवा सुरु गरिको पोलिक्लिनिककी सञ्चालिका अन्जना जोशीले जानकारी दिईन् । डाक्टरद्धारा बिहान ९ बजे देखि साँझ ६ बजे सम्म निशुल्क ओपिडी सेवा दिईने छ । बरिष्ठ चिकित्सककोलागी भने ओपिडी टिकट यथावत राखिएको छ ।
पछिल्लो समय फार्मेसीबाट डाक्टरको प्रेस्पकिप्सन बिना औषधि लगेर सेवन गर्नेको शङख्या बढ्दै जान थाले पछि चितिक्सकसँगको परामर्श निशुल्क गरिएको हो । चिकित्सकको सल्लाहा बिना फार्मेसीबाट सोझै लगिने औषधिले दिर्घकालिन रोग निमत्याउने हुदाँ चिकित्सकसँगको सल्लाहा तथा ओपिडी टिकट निशुल्क गरिएको जोशीले बताईन् । पोलिक्लिनिकले ८० बर्ष नाघेका बृद्धबृद्धाहरुलाई बिशेष प्राथमिकताका साथ औषधि उपचार सेवालाई निरन्तरता दिईने जोशीको भनाई छ ।
पोलिक्लिनिकमा हाल फार्मेसी, भिडियो एक्सरे, मुटुको ईसिजी, प्रयोगशाला (ल्याब), आकस्मिक कक्ष, माईनर अप्रेसन, सर्जरी, अर्थोपेडिक, प्रिडयाक्ट्रिस, साइक्याट्रिसको जर्नरल मेडिसिन, ड्रमा ओपिडी सेवा संचालन भइरहेको छ ।








