चितवन। चितवनमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको रिपोर्टअनुसार जिल्लाभर ४५ जनाको पीसी र तीन जनाको एन्टीजेन परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै जिल्लाभर कोरोना संक्रमितको संख्या ३३ हजार ६५२ पुगेको छ। स्वास्थ्य कार्यालयका अनुसार आज जिल्लाभर ६२ जना सक्रिय संक्रमित रहेका छन्।
जसमध्ये सबैभन्दा बढी संक्रमित भरतपुर महानागरपालिकाका ५३ जना रहेका छन् भने रत्ननगरका ३, कालिकाका २, इच्छाकमाना, राप्ती, माडी र खैरहनीका १/ १ जना रहेका छन्।









