• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विमानस्थल फुलफेजमा नचलेर लगानी डुब्ने स्थति भएपछि उद्योगी व्यवसायीले पर्यटन मन्त्रीसँग मागे गुहार

  •   शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । भैरहवा विमानस्थल संचालनमा आएसँगै भैरहवा क्षेत्रमा निजी क्षेत्रले लगानी गरेका छन्  । अन्तर्राष्ट्रिय विमानस्थलपछि पर्यटक आवागमन बढ्ने र यसबाट व्यवसाय फस्टाउने अपेक्षाले निजी क्षेत्रको लगानी भयो ।

    विमानस्थल निर्माण सकियो, सञ्चालनमा पनि आयो । तर व्यवसायी अझैं खुसी छैनन् । सातामा तीन उडान मात्रै अन्तर्राष्ट्रियस्तरको छ । ती विमानमा आउने जाने पनि नेपाली मात्रै छन् । यसले पर्यटन व्यवसायमा त्यति फरक पारेकै छैन् । अर्बौं लगानीमा पर्यटक सेवाका लागि खोलिएका तारे होटल सुनसान छन् । अन्य साना होटलको अवस्था नाजुक छ ।

    निराश व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । ‘यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थपिनुपर्छ, व्यवसायीको माग छ ।

    मन्त्री भएपछि लुम्बिनी आएका मन्त्रीलाई भेट्दै भैैरहवाका उद्योगी व्यवसायीहरुले विमानस्थलको एजेण्डालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।

    मन्त्री श्रेष्ठले दुई महिना अघिदेखि सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अपुग रहेको र फुलफेजमा विमानस्थल सञ्चालनमा आए थेग्न सक्ने अवस्था नरहेको भन्दै अर्काे टर्मिनल भवन निर्माणमा सरकारको प्राथमिकता रहेको बताए ।

    उनले पर्यटन व्यवसायीहरुको धेरै समस्या आफ्नो ७३ बँुदे कार्ययोजनामा समेटेको भए पनि छुटेका कुराहरुको सम्बोधन पनि हुने बताए । उनले नेपाल एयरलाइन्स र अर्को हिमालयन एयरलाइन्सबाट पनि भैरहवाबाट उडान थाल्नेबारे कुरा अगाडि बढेको बताउँदै विमानस्थल फुलफेजमा चलाउन, नियुक्त भए राजदुतहरुलाई पर्यटन प्रवद्र्धनमा भूमिका खेल्न, पर्यटन व्यवसायीको ऋणमा सहुलियत र व्याजदरको विषयमा राष्ट्र बैंकसँग छलफल गरी निजी क्षेत्रलाई अधिकतम प्रयोग गरी पर्यटन प्रवद्र्धन गर्न मन्त्रालयले योजना बनाएको बताए ।

    सञ्चालनमा आएको विमानस्थलमा थप विमानलाई आकर्षण गर्न छुटको व्यवस्थापनदेखि लिएर ट्रान्जिट भिसाका लागि पनि मन्त्रालय सचेत छ । मन्त्री श्रेष्ठले भने –‘लुम्बिनीलाई एउटा गन्तब्य बनाएर धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्य यस विमानस्थलको हो र सरकार यसबारे गम्भीर पनि छ ।’

    उद्योगी व्यवसायीले नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानबाट दिल्ली र दुबईको उडान न्यूनतम शुल्कमा सञ्चालन गरे भैरहवामा कार्यरत कर्मचारीहरुलाई मर्का पनि नपर्ने र आर्थिक चलायमान पनि हुने भनी ध्यानाकर्षण गराएकोमा मन्त्री श्रेष्ठले यस विषयमा उद्योगी व्यवसायीहरुको चाहनाअनुसारको काम हुनेमा विश्वस्त पारे ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले रुपन्देहीको पर्यटन प्रवद्र्धन तथा विकासका लागि पर्यटकहरुको सेवा सुविधालाई मध्येनजर गरी भैरहवा–लुम्बिनी मोनी रेल सञ्चालनको लागि आवश्क पहल तथा बजेट विनियोजन गरिनुपर्ने, पर्यटन उद्योगसँग सम्बन्धित उद्योग तथा व्यवसायको सहजता एवं प्रवद्र्धनको लागि अनलाइन गेटवे पेमेन्ट प्रणली लागू गराउनु पर्ने, स्थल मार्ग भएर सबैभन्दा बढी पर्यटक आउने भैरहवास्थित बेलहिया नाकामा व्यवस्थित र आधुनिक अध्यागमन कार्यालय, पर्यटकहरुलाई व्यवस्थित सूचना केन्द्र र एकद्वार प्रणालीको व्यवस्था गरिनुपर्ने, भारतीय पर्यटकको सवारी साधनको लागि रोड परमिट सेवा भन्सार विन्दुबाट नै दिनु पर्ने, लुम्बिनीको मोनाष्टिहरुले सञ्चालन गरेका लज सेवाको कारण नियमानुसार दर्ता भई सञ्चालन भएका होटल व्यवसायहरू प्रभावित भएकोले बन्द गरिनु पर्ने, भारतीय समकक्षीसँग समन्वय गरी गोरखपुर एयररुटको लागि पहल गरिनुपर्नेलगायतका माग गरेको बताए ।

    अध्यक्ष न्यौपानेले विमानस्थललाई लक्षित गरेर भैरहवा, लुम्बिनीलगायत लुम्बिनी प्रदेशमै पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी रहेकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा हुँदै नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स तथा हिमालयन एयरलाइन्सबाट दिल्ली, थाईल्याण्ड, मलेशिया, कतार, दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानका र छिमेकी राष्ट्रहरुका समकक्षीसँग समन्वय गरी चीन, भारत, थाइल्याण्ड, म्यानमार, भुटान, श्रीलंकालगायतका बुद्ध धर्म मान्नेहरुको बाहुल्य रहेको राष्ट्रहरुका एयरलाइन्सहरुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवासम्म नियमित उडानका लागि पहल गर्न जोडदार माग गरे ।

    सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष तथा होटेल व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले दिल्लीबाट नेपाल आउने पर्यटक धेरै हुने भएकाले तत्कालै भैरहवा–दिल्लीबीच हवाइ उडान सञ्चालनका लागि सरकारले तत्परता देखाउनु पर्नेमा माग गरे ।

    नेपाल ट्राभल्स एण्ड टुर एशोसिएसन लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले २५–३० जना कर्मचारी नेपाल एयरलाइन्सको भैरहवामा रहेकोले तत्काल एउटा उडान मात्रै दिल्ली–भैरहवा जोडे प्लेन खाली नउड्ने दाबी गरे ।

    संघका पर्यटन संयोजक संजय बजिमयले धर्मिक पर्यटक भित्र्याउने लक्ष्यले विमानस्थल बनाएकोले पर्यटक तान्ने प्योकज बनाएर निजी क्षेत्रसँग सहकार्य गरिनु पर्ने, क्षेत्रीय उडान सञ्चालन गर्नु पर्ने बताए ।

    लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा बढ्दो फोहोरलाई व्यवस्थापन गर्न, निर्माण सम्पन्न भएको काग्रो भवन सञ्चालन गर्न, विमानस्थलको व्यवसायिक टेन्डर छिटो आव्हान गर्न समेत ध्यानाकर्षण गराए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.