• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सात बुदे संयुक्त पोखरा घोषणा पत्र जारी गर्दै प्रथम मेयर सम्मेलन सकियो

  •   शनिबार, साउन १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । विभिन्न ७ बुदे सयुक्त पोखरा घोषणापत्र जारी गर्दै प्रथम महानगर सम्मेलन नेपाल सम्पन्न भएको छ । शुक्रबारबाट पोखरको सराङकोटमा शुरु भएको सम्मेलनले विभिन्न ७ वटा बुदाहरुलाइ पाँच बर्षमा सम्पन्न गर्ने गरि सहमति जनाउँदै समापन भएको हो । देशका ६ वटै महानगरका साझा समस्या पहिचान गर्दै सबलता, दुर्बलता, अवसर तथा चुनौतीको विश्लेषण गरी साझा घोषणापत्र तयार गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी नाराका साथ पोखरा महानगरका मेयर धनराज आचार्यको प्रस्तावमा प्रथम महानगर सम्मेलन नेपाल २०७९ भएको हो ।

    महानगरहरूलाई जनउत्तरदायी बनाउनका लागि निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न यस वर्षदेखि आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष “महानगर सम्मेलन नेपाल ” गर्ने प्रस्ताव भएकोमा यस वर्ष साउन १३ र १४ गते पोखरामा सम्मेलन गरिएको मेयर आचार्यले बताउनुभयो । संघ सरकार र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै महानगरका न्यूनतम मापदण्ड पुरा गर्नु पहिलो आवश्यकता रहेको ६ वटै महानगरका मेयरहरुले बताएका छन ।

    सम्मेलनमा महानगर स्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव तथा धारणाहरू आदान प्रदान गरिएको छ । महानगरले गर्ने कार्यसम्पादन, स्रोत साधनको उपयोग तथा परिचालनका विषयमा रहेको विद्यमान कानुन र गर्नुपर्ने सुधारका बारेमा पनि गहन छलफल भएको छ । यसका अलवा सम्मेलनमा महानगरहरू बिच आन्तरिक पर्यटक आदानप्रदान गर्ने, स्थानीय उत्पादन र बजारीकरणको अवसर, स्थानीय स्रोतसाधनको व्यवस्थित परिचालन, महानगरका योजना, बेरुजु,माना चामल,चुनौती र व्यवस्थापनबारे बृस्तृत रुपमा छलफल पनि भएको छ ।

    जनहितका र सामाजिक कार्यका साथै विकासका मोडलमा एकरूपता कायम गर्ने, सूचना प्रविधि र सञ्चारको आदानप्रदान गर्ने लगायतका साझा सवाललाई सम्मेलनमा जोड दिइएको छ । २०८० साललाइ भरतपुर महानगरले भ्रमण बर्षको रुपमा मनाउने भनेर यस अघि नै घोषणा गरिसकेको छ भने सोही बर्षमा नै दोस्रो महानगर सम्मेलन नेपालको पनि आयोजना गरिने प्रमुख रेनु दाहालले जानकारी दिनु भयो । सम्मेलनमा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरुका सम्बन्धमा अनुभव तथा सिकाईको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।

    यस्तै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बन्धु सुबेदिले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । सम्मेलनमा आयोजक महानगर पोखराका उप मेयर मन्जु देवि गुरुङ, काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका मेयर राजेशमान सिह,उपमेयर इम्तियाज आलम तथा प्रमुख प्रशाकिय अधिकृतहरुको सहभागितामा रहेकोे थियोे । सम्मेलनमा ६ वटा महानगरका मेयर, उप मेयर र प्रमुख प्रशासकीय अधिकृत गरि १८ जनाको सहभागिता रहेको थियोे ।

    सम्मेलनमा ५ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्ने हरुमा राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष एंव क्षेत्रिय योजनाकार डा।जगदिश चन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शिर्षकमा प्रस्तुतीकरण गर्नु भएको थियोे । त्यस्तै पुर्वाधार विज्ञ डा।सुर्यराज आचार्यले महानगरपालिकामा पुर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका नीति सल्लाहकार कृष्ण ज्ञवालि, डा.अजयचन्द्र लाल र सरोज बस्नेतले महानगरपालिकामा हरित, उत्थानशिल तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । ६ वटा महानगरपालिका मध्ये भरतपुर र ललितपुरमा पुरानै मेयरले जित हासिल गरेका छन् भने अरू सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका हुन् ।

    अनुभव र योजना साटासाट गर्न ‘महानगर सम्मेलन नेपाल’ गतिलो प्ल्याटफर्म बन्ने विश्वास पोखरा महानगरले लिएको छ । आगामी २०८० सालको महानगर सम्मेलन नेपालको आयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई मेयर आचार्यले ‘महानगर सम्मेलन नेपाल’को लोगो अङ्कित झण्डा हस्तान्तरण गरेर कार्यक्रमको समापन गरिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.