• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मुगुमा ३२० बोरा नुन डिपो कार्यालयबाटै गायब

  •   मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
  • तस्विर ः सदरमुकाम गमगढी स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय मा रहेको नुनको गोदाम
    • अ
    • अ
    • अ

    मुगु  ।  सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । सरकारले मुगुको लागि दिइएको ३२० बोरा (१५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो ।

    ढुवानीकाे जिम्मेवारी पाएकाे रारा छायाँनाथ एयर काग्रो एण्ड ढुवानी सेवाले ल्याएकाे २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल (३२० बोरा) नुन  गमगढी स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ ।

    आर्थिक बर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ सय क्विन्टल र दोस्रो पटक १२ सय क्विन्टल गरी कुल २ हजार ७०० क्विन्टल नुन नेपालगञ्जदेखि साल्ट ट्रेडिङ्ग लिमिटेड डिपो कार्यालय मुगुलाई बुझाएको रारा छायांनाथ एयर कार्गो एण्ड ढुवानी सेवाका सञ्चालक रामचन्द्र भामले बताए ।

    उनका अनुसार डिपो कार्यालय मुगुमा साल्ट ट्रेडिङलाई ठेकेदारको सम्झौताअनुसारको नुन पुर्‍याएकाे ठेकेदार भामले दाबी गरेका छन् । मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीले नुन नआइपुगेको भन्दै मौज्दातमा नराखी १५९ क्विन्टल नुन बिक्री गरी गायब बनाइएको ठेकेदारको आरोप छ  । प्रमुख कार्कीले उक्त नुनको हिसाब नै नदेखाई बिक्री गरेको ठेकेदारको आराेप छ ।

    ठेकेदारका अनुसार हरेकपटक नुन ढुवानी गरेर गमगढी पुर्‍याएपछि प्रमुखलाई नुन बुझ्न खबर गर्दा डिपो प्रमुखले श्रीमती विद्या मल्ल कार्कीलाई पठाउने गरेको भामले बताए । उनले भने, ‘नुन बुझ्ने श्रीमतीले हाेइन , डिपो प्रमुखले बुझ्नुपर्छ । चलानी बुझाइ अन्य कागजात माग्दा अर्कोदिन दिन्छु भनी डिपो प्रमुख कार्कीले आलटाल गर्ने र अहिले अन्तिममा आएर नुन नै ठेकेदारले नल्याएको भनेर आफु पन्छिन खोजेका छन् ।’

    ठेकेदार भामले प्रमुखले आफूबाट एक लाख रुपैयाँ घुस खान खोजेको र आफूले दिन नमान्दा एक गाडी नुन नै गायब बनाइदिएको प्रमुख आरोप लगाएका छन् । नेपालगञ्ज साल्ट ट्रेडिङ लिमिटेडदेखि चलानी गरी सातपटक नुन ढुवानी गरी मुगु डिपोलाई प्रशासन प्रतिनिधिको रोहबरमा बुझाइएको सबै कागजात प्रमाण हामीसँग हुँदा पनि कार्यालय प्रमुख कार्कीले  नुन नपुगेको गाडी रोकिदिएको जनाइएको छ ।

    प्रादेशिक कार्यालय नेपालगञ्ज साल्ट ट्रेडिङबाट गत ८ चैतमा  नुन बोकेर मुगु हिँडेको भे १ ख ३६९० नम्बरको सवारी १२ चैतमा मुगुको भुलभुले चेक पोष्टमा सि.नं ३३ मा इन्ट्री दर्ता भइ १३ गते आइतबार दिउँसो साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीकी श्रीमती विद्या मल्ल कार्कीलाई जिल्ला प्रशासन कार्यालय मुगुका प्रतिनिधिको रोहोबरमा बुझाएको ठेकेदारका प्रतिनिध पुलिनिन्द बुढाको भनाइ छ ।

    साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीका अनुसार ठेकेदारले कार्यालयलाई नुन बुझाएका छैनन् । ठेकेदार भामले लगाएको यो सबै आरोप निराधार रहेकाे कार्कीकाे भनाइ छ । यस वर्ष मुगुको लागि दुई हजार ७०० क्विन्टल नुन आउनु पर्नेमा दुई हजार ५४१ क्विन्टल मात्र ठेकेदारबाट बुझेको डिपो प्रमुख खगेन्द्र कार्कीले बताए ।

    दुर्गम जिल्लातिर आउने नुन, चामलहरू प्रमुख जिल्ला अधिकारीको रोहबरमा प्रमाणित गर्नुपर्ने हुन्छ, त्यसैअनुरुप आफू स्वयं गोदाममै पुगेर एक एक गरेर गन्ती गरी प्रमाणित गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.