काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राती देशका अधिकांश भू(भागमा सामान्य वदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।








