• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पानीसमेत पाएनन् कैलाली ओलानीका विद्यार्थीले

  •   बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी  । विद्यालयमा ५०० लिटरको ट्यांकी राखिएको छ । त्यो ट्यांकी पनि कहिले भरिन्छ, त कहिले भरिँदैन । करिब ५०० जना विद्यार्थी रहेको कैलालीको गोदावरी नगरपालिका–१२ स्थित जनप्रभात माविमा विद्यार्थीले ५०० लिटर क्षमता भएको ट्यांकीले पिउन र शौचालय जानका लागि पानीको प्रयोग गर्नु पर्दछ ।

    तर, सो पानी खाजा खाने समय अर्थात् मध्यान्तरसम्म पनि पुग्दैन । विद्यार्थी पिउने पानीबाट बञ्चित हुनका साथै पानीविना शौचमा जान बाध्य हुन्छन् । ‘५०/६० जना विद्यार्थी शौचालय जानेवित्तिकै विद्यालयमा राखिएको ट्याङ्की खाली हुन्छ,’ जनप्रभात माविकाका प्रधानाध्यापक दुर्गादत्त पन्तले भने, ‘त्यसपछि पानी विनानै विद्यार्थीले शौचालय जानुपर्ने बाध्यता छ ।

    ट्याङ्किको पानी सकिएपछि विद्यार्थी पिउने पानी समेत प्रयोग गर्न पाउँदैनन् ।’ सो क्षेत्रमा ट्युबेलबाट पानी नआउने र उपभोक्ता समितिले बिहान बेलुका सीमित अवधिका लागि मात्रै पानी दिने गरेका कारण खानेपानीको समस्या हुने गरेको उनले बताए । ‘उपभोक्ता समितिले बिहान बेलुका केही समयका लागि मात्रै पानी दिने गरेको छ,’ प्राधानाध्यापक पन्तले भने, ‘त्यो पानीले विद्यालयका ट्याङ्की कहिले भरिन्छ त कहिले आधा मात्रै भएको हुन्छ । ५०० जना विद्यार्थीलाई त्यति पानीले पुग्ने कुरै भएन ।’ २०४५ सालमा स्थापना भएको जनप्रभात माविले स्थापना कालदेखि नै विद्यालयलाई पानीको व्यवस्थापन गर्न पटक–पटक सरकारी तथा गैरसरकारी संस्थासँग माग गर्दै आएको छ । तर, हालसम्म पनि पानी व्यवस्थापनमा कसैले सहयोग नगरेको प्रधानाध्यापक पन्तकाे भनाइ छ ।

    उनले पानी माग्दा धेरै संघ संस्थाले शौचालय भवन बनाएको बताए । तर, पानी अभावका कारण शौचालय प्रयोग गर्न नै समस्या भएको उनी बताउँछन् । ‘शौचालयमा थुप्रै लगानी भएको छ,’ प्रधानाध्यापक पन्तले भने, ‘तर पानीको व्यवस्थापनका लागि हालसम्म कसैले पनि सहयोग गरेको छैन । पानी अभावका कारण बनेका शौचालय प्रयोगविहीन छन् ।’ जनप्रभात माविमा मात्र गोदावरी–१२ स्थित ओलानी क्षेत्रका अन्य विद्यालयमा पनि खानेपानीको समस्या रहेको प्राध्यापक पन्त बताउँछन् । ‘यो समस्या हाम्रो विद्यालयको मात्रै हैन,’ यस क्षेत्रका अन्य विद्यालयमा पनि छ, पानीको भरपर्दो श्रोत नहुँदा यस्तो समस्या भइरहेको छ ।’ स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो समस्या समाधान हुने विश्वास लिएको भए पनि हालसम्म विद्यालयमा पानी व्यवस्थापन गर्ने कार्य जनप्रतिनिधिको प्राथमिकतामा नपरेको भन्दै उनले दु:खेसो पोखे ।

    ‘जनप्रतिनिधि आएपछि उहाँहरुले आफ्ना छोराछोरीको समस्या बुझेर विद्यालयमा पानीको व्यवस्थापन गर्लान् भन्ने ठूलो आशा गरेका थियौं,’ पन्तले भने, ‘तर पहिलो पटक निर्वाचित जनप्रतिनिधिले आफ्नो पूरै काार्यकाल सकेर नयाँ जनप्रतिनिधि आउँदासमेत विद्यालयका समस्या प्राथमिकतामा नपारिँदा दुःख लागेको छ ।’ ओलानीका अधिकांश विद्यालयमा इनार खनेर मोटरबाट पानी तान्ने व्यवस्था गरिएको छ । तर, इनारमा समेत असारदेखि भदौसम्म मात्रै पानी जम्मा हुने गरेको छ । ‘बाँकी ९ महिना भने इनारमा पानी हुँदैन,’ गोदावरी नगरपालिका–१२ का वडा अध्यक्ष भीमबहादुर खड्काले भने, ‘इनारमा पानी जम्मा हुन छाडेपछि सबै विद्यालयमा पानीको अभाव हुने गरेको छ ।

    यो समस्या वडाबाट सम्बोधन हुन नसक्ने र धेरै लगानी लाग्ने भएका कारण अहिलेसम्म पनि यथावत छ, हामी समस्या समाधानका लागि प्रयासरत छौं ।’ ओलानी क्षेत्रमा जमिनभन्दा धेरै गहिराइमा मात्रै पानी पाइने र जमिनमुनि भएको चट्टानका कारण पानी तान्न पनि समस्या हुने गरेका वडा अध्यक्ष खड्काले बताए । तर, पहिलाभन्दा अहिले खानेपानीको समस्या भने धेरै कम भएको उनले बताए । जनप्रभात स्कुलमा खानेपानी संस्थाको पाइपलाइन नपुगेका कारण पानीको केही समस्या रहेको भन्दै उनले यसै वर्ष सो विद्यालयमा बोरिङ गर्ने योजना रहेको बताए ।

    ‘आफु अध्ययक्ष भएपछि करिब १७ किलोमिटर खानेपानीका पाइट विच्छ्याएर घरघरमा पानी पुर्‍याउने प्रयास गरेको छु,’ अध्यक्ष खड्काले भने, ‘चालु आर्थिक वर्षमा पनि केही पाइपलाइन बिच्छ्याइने योजना छ ।’ विद्यालय क्षेत्रमा पानीको प्रयोग बढी हुने भन्दै उनले त्यसका लागि अलग्गै पानीको व्यवस्थापन गर्ने गरी संघ र प्रदेशमा योजना पठाइएका बताए । वडा नम्बर–१२ मै पर्ने अधिकांश शैक्षिक संस्थामा पनि खानेपानीको समस्या रहेको अध्यक्ष खड्काले बताए ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    आश्रममा आश्रित तीन सय जनालाई ग्रीनल्याण्डका विद्यार्थीले खुवाए खाना
    सिद्धीका चेपाङ विद्यार्थीलाई एक्सपर्ट चितवनको खाद्यान्न र स्टेशनरी सहयोग

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.