• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सप्तकोसी विस्थापित जोखिम मोलेरै घर फर्किन थाले

  •   शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    उदयपुर । उदयपुरको बेलका नगरपालिका-८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोसी नदी कटान गरेपछि बाढी गाउँ पसेर विस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका छन् ।

    नदी पुरै गाउँतिर सोझिएको छ । उनीहरू सामुदायिक विद्यालयमा बस्न छाडेर बाढीको कुनै प्रवाह नगरी घर फर्किएका हुन् । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी जनधनको क्षति पुर्‍याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान गर्ने जोखिम रहेको बेलका नगरपालिका–३ का वडा सदस्य फागुन कार्कीले बताए ।

    सप्तकोसीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गरी बाढी गाउँ पस्दा बेलका नगरपालिका–२, ३, ८ र ९ बराह क्षेत्र नगरपालिका–६ र ९ दुई हजार ५ सय घर परिवार विस्थापित भएका थिए । सप्तकोसीले धार परिवर्तन गरी बेलका नगरपालिका–८ लाहुरेको खोच डुम्रीबोटबाट पस्दा सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, नारायण नगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष २५ सय घर परिवार उच्च जोखिममा परेका हुन् । बाढीबाट विस्तापित भएकाहरू पुनः घर फर्कन थालेका हुन् ।

    सप्तकोसी नदीको भँगालो वस्तितर्फ पसेपछि सर्वसाधारण थातथलो छाडेर सुरक्षित स्थानमा सरेका थिए । दुई हजार ५ सय परिवारले बस्ती छाडे पनि ५ सय परिवार जोखिम मोलेरै घरमै बसेका थिए । वराहक्षेत्र नगरपालिका–६ र ९ बेलका नगरपालिका–३ का सर्वसाधारणलाई बुधबार सुरक्षा निकायले बाढी पसेसँगै उद्धार गरेर सुरक्षित स्थानमा ल्याएका थिए । तर उनीहरू बुधवार, बिहीबार, शुक्रबार जसोतसो रात बिताए पनि पुनः बाढीको बहाव घटेसँगै जोखिम मोलेरै बाढीमा हेलिएर उनीहरू घर फर्कन थालेका हुन् । घर डुबानमा नपरेका ठाउँका स्थानीयबासिन्दा घर फर्किएको उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले बताए । जोखिम भएकाले हामीले उद्धार गरी ल्याएका थियौं,’ यादवले भने, ‘पानी नपसेका पुन घरमा फर्किएको हो ।’

    हाम्रो घरसम्म पानी आएन, सुनसरीको बराह क्षेत्र नगरपालिका ९ श्रीलंका टापुका अर्जुन चन्द्रवंशीले भने, पानीको बहाव अलिक घटेको छ । हिजो डर थियो, आज अवस्था ठिकै छ । उनी ढुक्क भए पनि टापुको गहिरो भाग र खोला किनारमा रहेका घरहरू अहिले पनि डुबानमा छन् । उच्च स्थानमा रहेको घरहरूमा बाढी नपुगेको चन्द्रवंशीको भनाई रहेको छ ।

    सप्तकोसीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुमा २ हजार ५ सय बढी परिवारको बसोबास छ । टापुलाई उदयपुरको बेलकाको ४ वटा र सुनसरीको बराह नगरपालिकाको २ वटा वडा पर्छन् । बाढीले बेलका नगरपालिकाका २, ३, ८ र ९ मा बढी प्रभावित भएको छ । बढीबाट विस्थापित भएका अधिकांश आफन्तको घरमा बसेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । ‘बाढी प्रभावितहरूलाई हामीले चार स्थानमा राखेका छौं,’ उनले भने, ‘धेरै आफन्तको घरमा बस्नु भएको छ ।

    उनले बाढी अहिले घटे पनि जोखिम कायमै रहेकाले सतर्कता रहन आग्रह गरे । उद्धारका लागि तीन वटै सुरक्षा निकायको टोली तयारी अवस्थामा छ,’ उनले भने, बुधवार, बिहीबार, शुक्रवारको तुलनामा पानीको बहाव केही घटेको छ । बाढी प्रभावितका लागि स्थानीय सरकार मार्फत राहत वितरण गरिएको छ । बाढी प्रभावित दुई हजार पाँच सय परिवारका लागि प्रदेश सरकारले तत्कालका लागि चाहिने राहत सामग्री पठाएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए । उनले सतर्कता अपनाएका कारण बाढीका कारण मानवीय क्षति नभएको बताए ।

    धार परिवर्तन गर्दै आएको सप्तकोसी पसेर जलमग्न भएको बेलका नगरपालिका क्षेत्रका विस्थापित सर्वसाधारणहरू सुरक्षा निकायले रोक्दा रोक्दै पनि घरमा गाईबस्तु हेरेर आउने बहानामा प्रभावित क्षेत्रमा फर्किन थालेका छन् । उद्धार गरिएको सर्वसाधरण जोखिमको बिच घर फर्किन थालेको बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले बताए । जोखिम हुँदा हुँदै प्रभावित क्षेत्रमा रहेको घरमा अन्नबाली र पशुचौपाया संरक्षण गर्ने भन्दै विस्थापित सर्वसाधारणहरू जबरजस्ती फर्किएको बेलका नगरपालिकाका नगर प्रमुख कार्कीको भनाई रहेको छ । उनका अनुसार प्रभावित क्षेत्र प्रवेशमा रोक लगाउन प्रहरी परिचालन गर्नु परेको छ ।

    प्रमुख जिल्ला अधिकारी यादवले कोसी गाउँ पसेर २ हजार ५ सय परिवारका २० हजार सर्वसाधारण विस्थापित भएको बताए । नदी नियन्त्रणका लागि दुई महिना यता गरिएको प्रयास विफल भएपछि बेलका नगरपालिका–८ लोहुरेको खोँच डुम्रिबोटेबाट कोसी बुधवार बिहान ४ बजे बेलका नगरपालिका क्षेत्रमा पसेको हो ।

    कोसीको मूल बहाव पनि पश्चिम (उदयपुरतर्फ) मोडिएको र यसले धेरै ठूलो जोखिम निम्त्याउन सक्ने बेलका नगर प्रमुख कार्कीले बताए । डुम्रिबोटेमा कटान गरेर कोसी पुरानै धार हुँदै बगेको हो । २०४५ साल अघि कोसी ७ नम्बर नोच दक्षिण डुम्रिबोटे हुँदै बग्ने गरेको सर्वसाधरण बताउँछन् । अहिले प्रभावित क्षेत्र कोसी टप्पु आरक्षण क्षेत्रको भएकाले केही वर्ष यता उसले बस्ती खाली गर्न भनेको थियो । कोसी पसेको बहनामा बस्ती खाली गराउन खोजिएको भन्दै सर्वसाधारणहरू पुनः घर फर्किएको बेलका नगरपालिका–३ का सदस्य फागुन कार्कीको भनाई रहेको छ ।

    सुरक्षा निकायले विस्थापितलाई सुरक्षाका कारण तत्काल घर नफर्कन अनुरोध गरी रहेका छन् । तर पीडितहरू आफ्नो सम्पत्ति जोगाउन गाईबस्तु जोगाउन भन्दै घर फर्की रहनु भएको छ,’ उनले भने । बाढी कम भएपछि सबै विस्थापितलाई उचित व्यवस्थापनका साथ घर फर्काउने पहल भइरहेको जानकारी दिएका छन् । उद्धार राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । पीडितहरूले घर फर्कने वातावरण मिलाइ दिन र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

    प्रभावित क्षेत्रमा अन्नबाली, पशुचौपाया र घर रेखदेख भन्दै सर्वसाधरणले नछोड्दा उद्धार र राहत समेत प्रभावित भएको अधिकारीहरूले बताएका छन् । कोसीको बाढी पस्ने क्रम जारी रहेको र कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाले चौथो दिन शनिवार पनि सर्वसाधणलाई प्रभावित क्षेत्रबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।

    प्रभावित क्षेत्रका पीडितको पहिचान गरी बेलुका सम्म उद्धार गरिने नगर प्रमुख अशोक कार्कीले बताए । नगरले पीडितका लागि व्यवस्था गरेको सुरक्षित वासस्थानमा उनीहरू बस्न मान्दैनन् । प्रभावित क्षेत्रमा रहेको घरमा अन्नबाली, पशुचौपाया संरक्षण गर्ने भन्दै विस्थापित जबरजस्ती फर्किएका थिए । उनीहरूलाई पनि बाहिर ल्याउने तयारी भइरहेको बताइएको छ । बराह क्षेत्र नगरपालिकाका ४ र बेलका नगरपालिकाका ४ वडा गरी ६ वडाका विस्थापितहरू आफै नदीमा बाँध निर्माणका रकम संकलनमा जुटेको बेलका नगरपालिका–३ का सदस्य फागुन कार्कीले जानकारी दिए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.