• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रावाबेँसी गाउँपालिकाद्वारा होटल कुक तालिम सञ्चालनमा अनियमितता

  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ ।  खोटाङको रावाबेँसी गाउँपालिकाले होटल कुक तालिम सञ्चालनका क्रममा अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा १८ जनालाई दिने भनिएको ४५ दिनको कुक तालिममा १४ जनालाई मात्र सहभागी गराएर बढी भुक्तानी दिएको उल्लेख छ ।

    नेशनल मानव विकास ट्रेनिङ इन्स्टीच्यूट प्रालि नेपालगञ्जले मूल्य अभिबृद्धि कर सहित ५ लाख ९८ हजार ९०० रुपैयाँमा तालिम सञ्चालन गर्नेगरी २०७७ साल फागुन ११ गते गाउँपालिकासँग सम्झौता गरेको थियो ।

    सम्झौता अनुसार २०७७ फागुन २७ देखि ४५ दिनसम्म कुक तालिम सञ्चालन गरिएको थियो । तालिममा सहभागी १४ जना बराबरको ४ लाख ६५ हजार ८११ मात्र भुक्तानी दिनुपर्नेमा १८ जनाकै भुक्तानी दिएको पाइएको महालेखाले जनाएको छ । बढी भुक्तानी दिइएको १ लाख १३ हजार ८८ असुल गर्न भनिएको छ ।

    यस्तै, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा आधारभुत स्वास्थ्य इकाइ भवन निर्माणका क्रममा बढी भुक्तानी दिएको पाइएको छ । गाउँपालिकाको १६ लाख ५३ हजार र उपभोक्ता समितिको १ लाख ७६ हजार ८९ गरी कुल १८ लाख २९ हजार ८९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको भवन निर्माणका क्रममा सम्झौता भन्दा बढी भुक्तानी दिइएको १ लाख ६८ हजार रकम उपभोक्ता समितिबाट असुल गरी राजस्व दाखिला गर्न भनिएको छ । आधारभुत स्वास्थ्य इकाइ भवन २०७८ जेठ ६ गते सुरु गरेर २०७८ असार १५ गते सम्पन्न गरिएको थियो ।

    महालेखाले मोटरसाइकलको व्यवस्था गरी इन्धन तथा मर्मत खर्च समेत उपलव्ध गराइएकोमा पुःन यातायात खर्चवापत मासिक चार हजारका दरले दोहोरो सुविधा लिएका दुई वडाध्यक्षबाट ९६ हजार दाखिला गर्न, करारका ८ कर्मचारीलाई दिइएको महंगीभत्ता १ लाख ९२ हजार असुल गरी राजस्व दाखिला गर्न भनेको छ ।

    छैन यातायात गुरुयोजना

    रावाबेँसी गाउँपालिकाले यातायात गुरुयोजना तयार नगरी काम गरिरहेको महालेखाले औंल्याएको छ । विगतका वर्षदेखि नै गुरु योजना विनै पालिकाले विभिन्न सडकको स्तरोन्नती, मर्मत, ट्रयाक ओपनिङ लगायतका काम गर्दैआएको प्रतिबेदनमा उल्लेख छ । ‘स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र आफैले निर्माण गरेका र अन्य निकायले निर्माण गरेका सम्पूर्ण सडकहरुको नक्सांकन एवं अद्यावधिक विवरण (रोड इन्भेन्ट्री) सहितको यातायात गुरुयोजना तयार गरी सोही गुरुयोजनालाई आधार मानी प्राथमिकताको आधारमा योजना छनौट गर्नुपर्ने व्यवस्था छ,’ प्रतिबेदनमा भनिएको छ, ‘सडक निर्माणको कार्यलाई दिगो, प्रभावकारी र बजेट औचित्यपूर्ण प्रयोगको लागि अनिवार्य रुपमा यातायात गुरु योजना तयार गर्नुपर्ने देखिन्छ ।’ हरेक गाउँपालिकाको पुँजिगत खर्चको ठूलो हिस्सा सडक निर्माणमा खर्च भइरहेको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत भएका कामको दिगोपना र दिर्घकालिन रोजगारीका विषयमा समेत प्रश्न उठाइएको छ । वर्षमा सय दिन रोजगारी दिने निती अनुसार श्रममा खटाएर ज्याला भुक्तानी गरेको भए पनि निर्माण कार्यको दिगोपना र दिर्घकालिन रोजगारी सिर्जना हुने अवस्था नदेखिएको महालेखाले उल्लेख गरेको छ । सडक, नाली, खानेपानी तथा ढल व्यवस्थानि, पर्यटन, वन तथा सामुदायीक पुर्वाधार कार्यक्रममा १७३ जनालाई दैनिक ५७१ का दरले ८६ लाख ६० हजार ७८४ खर्च भएको प्रतिबेदनमा उल्लेख छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.