पोखरा । कास्की र बाग्लुङमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीका एक पुरुष र बाग्लुङका एक महिला, एक पुरुषमा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ५५ पुगेको छ । जसमा एक हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् ।








