चितवन – चितवनमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्लाभर ९१ जनामा परीक्षण गर्दा २५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
७० पिसिआर परीक्षणबाट १७ तथा २१ एन्टिजेनबाट आठ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यससँगै सक्रिय संक्रमितको संख्या एक सय ८ पुगेको छ । उनीहरु मध्ये एक एक सय २ जना होम आइसोलेसनमा छन् भने ६ जना अस्पतालमा रहेका छन् । उता सोही अवधिमा पाँच जना निको भएका छन् ।








