• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

के नेकपा एमालेको बाँकी रहेको महोत्तरी जिल्ला अधिवेशन निर्धारित मितिमा होला ?

  •   शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । नेकपा एमाले महोत्तरीको अधिवेशनको चर्चाले जिल्ला राजनीतिबृतमा पुनः अधिवेशन होला कि नहोला भन्ने विषयले थप चर्चा पाएको छ । तर नेताहरूबीचको नै आन्तरिक कलहले पटक-पटक बिथोलिँदै आएको अधिवेशन यसपटक भने सफल बन्नेमा नेताहरूको विश्वास छ । देशैभरी अधिवेशन सकिसक्दा पनि आन्तरिक कलहमा नै रुमलिरहेको नेकपा एमाले महोत्तरीले निक्कै रस्साकस्सीका साथ अधिवेशनको मितिसमेत सार्वजनिक गरेको छ ।

    २२ गते बसेको प्रदेश सचिवालय बैठकले असोज ५ र ६ लाई अधिवेशन मिति निर्धारण गरेसँगै नेताहरूको दौडधुप पनि त्यतिकै बाक्लिएको छ । कारिचन्द्र साहको नेतृत्वमा ५५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति समेत गठन भइसकेको हुनाले निर्धारित मितिमा नै अधिवेशन सम्पन्न हुने केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सरोज यादव बत्ताउँछन् । अहिले पहिले इन्चार्ज रहेका केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकीलाई इन्चार्जको जिम्मेवारीबाट हटाएर सरोज यादवलाई इन्चार्ज तोकिएको छ भने रामदयाल मण्डललाई स-इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    यसअघि बलाम्पाकी इन्चार्ज थिए भने सरोज यादवलाई सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । लामो समयदेखि जिल्ला आयोजक कमिटी बनाउन नै संघर्ष गर्दै आएको नेकपा एमालेले जिल्ला अधिवेशन आयोजक कमिटी टुंग्याएता पनि निर्धारित मितिमा नै अधिवेशन सम्पन्न हुनेमा कतिपयले संका व्यक्त गर्न थालेका छन् । जिल्लाको नेतृत्व लिन नेताहरूमा निक्कै दौडधुपसमेत चलेको छ । जिल्लाको नेतृत्व उत्तरी क्षेत्रले लिनेकी दक्षिणी क्षेत्रले लिने भन्ने विषय झन् पेचिलो बन्दै गएको छ ।

    लामो समयदेखि जिल्लाको नेतृत्व दक्षिणी क्षेत्रले लिँदै आएको र उत्तरी क्षेत्रमा क्षमतावान् नेताहरू हुँदाहुँदै वञ्चित बनिरहेको उत्तरी क्षेत्रका नेताहरूको गुनासो छ । तर दक्षिणी क्षेत्र वा उत्तरी क्षेत्रभन्दा पनि एमाले महोत्तरीलाई बलियो र सन्तुलित ढङ्गले हाँक्न सक्ने नेता कै पोल्टामा यसपटकको नेतृत्व सुनिश्चित हुने कतिपय नेताहरूको भनाइ छ । जिल्लाले केन्द्रबाट एक जना पोलिटब्युरो सदस्य र ३ जना केन्द्रीय सदस्य पाएको छ ।

    यतिधेरै केन्द्रीयस्तरका नेता भएको एमाले महोत्तरीमा ७६ वटै जिल्लामा अधिवेशन सकिसक्दा पनि महोत्तरीमा अधिवेशन किन सकिएन भन्ने प्रश्न उठेको छ । तर केन्द्रीयस्तरका नेताहरूमा नै आफ्ना गृह ठाउँमा आफूखुसी समान्तर संगठन समेत बिस्तार गरिरहेका छन् । अघिल्लो अधिवेशनको तयारी गर्दागर्दै केन्द्रीय सदस्य सरोज यादव र पोलिटब्युरो सदस्य रामदयाल मण्डलबीचको झगडाले औरही, रामगोपालपुर लगायतका कतिपय ठाउँमा समान्तर कमिटी समेत गठन भएका थिए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.