• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

निजी खर्चमा पिसिआर परिक्षण गर्न पाएनन्

  •   बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मेडिकल सिटिका रुपमा परिचय पाएको चितवनमा निजी खर्चमा पिसिआर परिक्षण गर्न चाहनेले सुबिधा पाउन सकेका छैनन् । भरतपुर अस्पताल र चितवन मेडिकल कलेज संग पिसिआर परिक्षण गर्न मिल्ने प्रयोगशाला रहेका छन् । भरतपुर अस्पतालले संञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसारको परिक्षण भईरहेको छ । निजी खर्चमा परिक्षण गर्न चाहनेलाई सो प्रयोगशालामा सुबिधा छैन । चितवन मेडिकल कलेजको प्रयोगशालाले भने हाल सम्म अनुमति पाएको छैन । देशकै मध्येभाग भएकाले यहाँ बाहिरबाट आउने र यही धेरै भिडभाड एबं जमघट भएका व्यक्तिहरुले शंका लागि परिक्षण गर्न चाहनेहरुको संख्या वढ्दो रहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी पैसा तिरेर परिक्षण गर्न चाहना राख्नेहरुको संख्या निकै भएको बताउनु हुन्छ । उहाँले भन्नुभयो “दैनिक धेरै फोन त्यसै बिषयलाई सोध्नेहरुको आउने गर्दछ ।” सर्बसाधारणलाई बुझाउनै कठिन हुने गरेको उहाँले बताउनुभयो । यहाँका प्रयोगशालालाई निजी खर्चमा परिक्षण गर्न दिएमा सहज हुने उहाँको बुझाई रहेको छ । चितवन मेडिकल कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा।डा। हरिशचन्द्र न्यौपाने आँफुहरुले रु ५ करोड ४० लाख खर्च गरेर प्रयोगशाला निर्माण गरे पनि स्वास्थ्य मन्त्रालयले अनुमति दिई नसकेकाले संञ्चालन गर्न नपाएको बताउनुभयो । प्रयोगशालाका लागि आबश्यक सबै तयारी गरिएको उहाँले जानकारी दिनुभयो । न्यौपानेले भन्नुभयो “परिक्षणका लागि दैनिक ५० हाराहारी टेलिफोन आउँछन् ।” छिट्टै अनुमति पाउने उहाँको बिश्वास छ । भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले आँफुलाई पनि स्वास्थ्य मन्त्रालयको निर्देशिका वाहिरका व्यक्तिहरुले परिक्षणका लागि निकै सोध्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “म आज काठमाडौं जाँदै छु । यस बिषयमा मन्त्रालयमा कुरा राख्ने छु ।” मन्त्रालयले अनुमति दिएमा आँफुहरुले रकम लिएर परिक्षण गर्न सक्ने उहाँले बताउनुभयो । भरतपुर अस्पतालमा दैनिक पिसिआर परिक्षणका लागि सर्बसाधारण आउने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा। लुना झाले भरतपुर अस्पतालले हाल सम्म रकम तिरेर परिक्षणका लागि माग नगरेको बताउनुभयो । त्यसै गरि चितवन मेडिकल कलेजले हाल माग गरेकाले समय मिलाएर प्रयोगशालाको निरिक्षण गरि मापदण्ड पुगेको पाईएमा अनुमति दिईने बताउनुभयो । भरतपुर अस्पतालले पनि माग गरेमा मन्त्रालयले अनुमति दिन सक्ने उहाँको भनाई छ । स्वास्थ्य मन्त्रालयको साउन १४ गतेको निर्देशिकाले रुघा खोकी, स्वासप्रस्वासमा समस्या भएका, गन्ध थाहा नपाउने र पखाला लागेकालाई पिसिआर परिक्षण गर्ने उल्लेख छ । त्यसै गरि संक्रमित संग प्रत्यक्ष भेटघाट भएका, अरु कारण पत्ता नलागेका ज्वरोका बिरामी, संक्रमित संग प्रत्यक्ष रुपमा काम गर्ने स्वास्थ्य कर्मी र कर्मचारीको परिक्षण गर्ने निर्देशिकामा उल्लेख छ । यसैगरि १४ दिन भित्र संक्रमण फैलिएको क्षेत्रबाट आएका, सघन उपचार कक्षमा उपचार गराई रहेका, प्रतिरक्षा क्षमता कम्जोर भएका, ६० वर्ष नाघेका, शल्यक्रिया गर्न तयारी अबस्थामा रहेकाको परिक्षण गर्ने मन्त्रालयको निर्देशिकामा उल्लेख छ । कोरोना संक्रमण भई १४ दिन कटेका तर लक्ष्यण भएकाहरुलाई पनि परिक्षण गर्ने गरिएको छ । त्यस बाहेकका व्यक्तिले रकम तिरेर पनि यहाँ परिक्षण गर्ने अबसर नपाएका हुन । सरकारले राजधानी सहित बिभिन्न जिल्लामा रकम तिरेर परिक्षण गर्न चाहनेका लागि अबसर दिएको भए पनि यहाँ दुबै प्रयोगशालाले त्यस अबसर नपाउँदा सर्बसाधारण प्रभाबित भएका हुन । भरतपुर अस्पतालको प्रयोगशालाले निर्देशिका अनुसारका व्यक्तिको दैनिक १ सय ५० हाराहारी परिक्षण गर्दै आएको छ । यस प्रयोगशालाले चितवन सहित १० जिल्लाका नमुना परिक्षण गर्दे आएको छ । हाल सम्म चितवन जिल्लामा कोरोना संक्रमण भएकाको संख्या १ सय १६ पुगेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.