• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चलचित्र ‘प्रेमगन्ज’ का अभिनेता गिरीले जब यौनकर्मीलाई ठेला किनेर व्यवसायमा लगाइदिए

  •   मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  आउँदो ३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम गन्ज’ का अभिनेता हुन् तेज गिरी । नेपाली फिल्म उद्योगमा नयाँ सुनिए पनि तेज एक दशकयता नेपाली रंग क्षेत्रसँग जोडिएका छन् । सन् २०१२ मा मिस्टर नेपालमा टप फाइभमा आटाएपछि उनको सक्रियता रंगका विभिन्न विधामा बढ्यो । त्यही इभेन्टमा भेटिएका एक फिल्म निर्देशकको कारण उनले फिल्मसँग सम्बन्धित गतिविधिमा सक्रियता बढाए । पेसाले बैंकर भएकाले उनले फिल्मसँग जोडिएका गतिविधिलाई पनि सुस्त रूपमा अगाडि बढाए । उनको सक्रियता बढ्नुको कारण निर्देशक परिच्छेद सेन पनि हुन् । उनीसँग भेट भएपछि तेजले गतिविधि बढाएका हुन् ।

    ‘हाम्रो भेटघाट एउटा फिल्ममा काम गर्ने योजनाअनुसार भएको थियो । यद्यपि त्यो फिल्म बनेन तर निर्देशक सरसँग सम्बन्ध प्रगाढ भयो । त्यसैले गर्दा अहिलेसम्मको सहकार्य सम्भव भयो,’ उनले भने । त्यसो त तेजले मिस्टर नेपालकै इभेन्टमा भेटिएका निर्देशकसँग पनि काम नगरेका होइनन् । तर छायांकन भएको फिल्म अहिलेसम्म रिलिज भएको छैन ।

    परिच्छेदसँग सहकार्य गर्ने भनिएको फिल्म नबने पनि ‘न दुखुन मनहरु’ नामक कार्यक्रम बनाउने योजनाअनुसार तेजको सहकार्य भयो । ‘हामीले सामान्य व्यक्तिको पूरा गर्न सक्ने चाहनालाई पूरा गर्ने उद्देश्यअनुसार कार्यक्रम सुरु गर्यौं । हामीले कसैलाई खाना खुवाएक छौँ , कसैलाई फिल्म देखाएका छौँ । यी यस्तै उनीहरुको पूरा गर्न सक्ने सपनालाई पूरा गर्ने गरेका थियौं,’ तेजले भने ।

    ‘नदुखुन मनहरु’ मा तेज प्रस्तोता थिए । परिच्छेदले निर्देशकको दायित्व सम्हालेका थिए । फिल्मकै अभिनेता पवन भट्टराईलाई छायाँकारको जिम्मा दिइएको थियो । कार्यक्रम बनाउँदै गर्दा उनीहरूले आममानिसलाई नजिकबाट बुझ्न पाए । एक वृद्धलाई नाँग्लोमा केही सामग्री राखेर व्यापारको माहोल बनाइदिए । एक यौनकर्ममा लागेकी युवतीलाई ठेला किनेर त्यहाँ व्यवसाय गर्ने वातावरण बनाइदिए ।

    ‘अहिले पनि हामीले ठेलामा व्यवसाय सुरु गरिदिएको बहिनीले फोन गर्नु हुन्छ । आफ्नो पछिल्लो जीवन बाध्यताका साथ जीविकोपार्जन गरिरहनुभएकी ती बहिनी खुसी हुनुहुन्छ । त्यही क्रममा हाम्रो भेट राजु फुयाँलसँग भयो,’ उनले भने । नेपाली फिल्ममा स्पट ब्वाई, किचेन स्टाफका रूपमा लामो समय बिताएका राजुको चाहना एउटा फिल्ममा निर्माताको रुपमा आफ्नो नाम आओस् भन्ने रहेछ । त्यो कुराको जानकारी तेज र परिच्छेदलाई एपिसोड बनाउँदा थाहा भयो । ‘उहाँको कार्यक्रम बनाउने समयमा फिल्ममा निर्माताको रूपमा नाम अओस् भन्ने सपना छ भन्नु भएपछि हामीले त्यसलाई पूरा गर्न फिल्मतर्फको तयारी थाल्यौं,’ तेजले भने ।

    राजुको सपनाले तेज र परिच्छेदको सहकार्य गर्ने योजनालाई मूर्तरूप दियो । राजुलाई निर्माता बनाउने सपनासँगै तेजको फिल्ममा अभिनय गर्ने र आफूलाई लागेको कथा दर्शकसम्म पुर्याउने सपना निर्देशक सेनको पूरा भयो । ‘हामी सहकार्यमा जुटेपछि विस्तारै कथा, कास्टिङलगायतका काम अगाडि बढ्यो र  अहिले फिल्म बनेर तपाइँहरु समक्ष आउँदै छ,’ उनले भने ।

    फिल्ममा उनी लिड रोलमा छन् । उनले युवा र वृद्ध अवस्थामा प्रेमलाई लिएर आउने परिवर्तनलाई प्रस्तुत गरेका छन् । एक युवाको जीवनमा प्रेमले कति महत्व राख्छ भन्ने तथ्यलाई समेत फिल्मले दर्शाउँछ । ‘माया गर्नेहरूको ठाउँ हो प्रेम गन्ज । हामीले दुई कालखण्डको प्रेमलाई दर्शाउने प्रयास गरेका छौँ । फिल्मले मायाको विभिन्न आयामलाई प्रस्तुत गर्नेछ,’ उनले भने ।

    मोडलिङ हुँदै फिल्ममा आइपुगेका तेजले आफ्नो को–स्टार र टिमको कारण काम गर्न सहजता महसुस गरे । ‘मैले सम्पूर्णबाट काममा सहयोग पाए । यसैले गर्दा निकै सहज भयो । किनकि मलाई सम्पूर्ण टिमको उत्तिकै सहयोग थियो,’ तेजले भने ।
    डेढ दशकभन्दा बढी समययता उनी मुक्तिनाथ विकास बैंकको एक डिपार्टको हेडका रूपमा समेत कार्यरत छन् । आफ्नो प्यासन र प्रोफेसन लाइफ उनलाई म्यानेज गर्न सहज नै छ । ‘बैंकिङ दायित्व त छ नै तर सेड्युलअनुसार काम गर्ने भएकाले मैले समय सन्तुलन कायम गरिरहेको छु,’ उनले भने । फिल्ममा बैंकरको समूहले लगानी समेत गरेको छ । तर नेपाली फिल्ममा त्यो सहभागिता निकै कम छ ।

    प्रोजेक्ट लोन बैंकले दिँदैन । यी सब बारे तेज जानकार नै छन् । उनले विस्तारै नेपाली फिल्मलाई लिएर जोखिम कम महसुस बैंकहरूले गरिरहेको बताए । ‘बैंकले कम जोखिमको क्षेत्रलाई प्राथमिकता दिन्छ । फिल्म सफलताको रेसियो हेर्ने हो भने बैंक टाढा नै बस्न खोज्छ । साथै , बैंकलाई पारदर्शिता पनि चाहिन्छ’ उनले भने । नेपाली फिल्म बनाउँदा हुने लगानीको स्रोत, बैंकिङ ट्रान्जेक्सनलगायत स्पष्ट हुँदै गएपछि बैंकहरू पनि फिल्मतर्फ आकर्षित हुने उनले बताए । उनले फिल्म उद्योगमा व्यावसायिकता पनि कम पाएका छन् । ‘यहाँ व्यावसायिकता र व्यास्थापनाको पक्ष निकै कम छ । यी पक्ष सबल हुँदै गएमा अन्य क्षेत्रमा पनि आकर्षण बढ्ने छ,’ तेजले भने ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.