चितवन । चितवनको टिकौली मध्यवर्ती सामुदायिक बन क्षेत्रमा आयाआर्जनका लागि गरिएको माछापालनको बागमती प्रदेशका भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहित सरोकारवालाहरुले अबलोकन गरेका छन । मन्त्री लामा सहितले माछापालन, होमस्टे, कपरफोरी माध्यमिक विद्यालय र पंचामृत बहुदेस्यिय सहकारी सस्थाको अबलोकन गरेका हुन । अबलोकन टोलिमा बागमती प्रदेश सभा सदस्य कंचन खनाल, रत्ननगर नगरपालिका उपमेयर बिमला दुवाडी, नेपाल कम्युनिस्ट पाटिका नेताहरु यादब पाठक ,चन्द्रकान्त न्यौपाने,युवा नेताहरु प्रताप डल्लाकोटी,स्वरुप सुयांल लगायत सहभागी थिए । बनको चेपाङ तालमा आयाअर्जनका लागि व्यावसायिक रुपमा माछापालन गरिएको छ । सो अवसरमा टिकौली मध्यवर्ती सामुदायिक बनका अध्यक्ष इश्वरि लामिछानेले टिकौली बनको पर्यापर्यटन,चेपाङ लगायत अन्य ५ वटा तालको ब्याबसायिक माछा पालन बारे मन्त्री लामालाइ जानकारी गराएका थिए । प्रदेश सभा सदस्य कंचन खनालले यस क्षेत्र पर्यटन बिकास र समुदायको आर्थिक उन्नति को लागि बन क्षेत्रको सदुपयोग गरि पर्यटन क्षेत्रबाट अघि बढन सकिने बताइन । कृषि मन्त्री लामाले टिकौली बन ,कपरफोरि माध्यमिक विद्यालय र पन्चामृत बहुउद्देश्यीय सहकारी सस्थाको भौतिक पुर्वाधार र बिकासमा प्रदेश सरकारवाट यसै बर्ष निश्चित बजेट रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए ।








