चितवन । चितवन वे ग्रुप नेपाललको सन्देश मुलक तिज गीतको भिडियो सार्बजनिक भएको छ ।बिगत ७ बर्ष देखि निरन्तर वातावरण संरक्षणका कार्यक्रम गर्दै आएको वे ग्रुप नेपालले यसपाली पनि सन्देश मुलुक तीज गीत सार्वजनिक गरेको हो। वे ग्रुप नेपालले वातावरण संरक्षणको लागि सबैलाइ जुट्न आव्हान गर्दै तीज गीत मार्फत सन्देश दिएको छ ।
वातावरण जोगाउन सबै लाग्नु पर्ने ,फोहरको वर्गीकरण आफ्नो घरको भान्साबाट गर्न, गुट्खा मुक्त अभियान ,प्रकृतिलाई जोगाई राख्न, सीप सिकेर स्वावलंबी बन्न,सार्वजनिक यातायातमा डस्बिन राख्न , जताततै फोहर नगर्ने साथै अन्य सन्देशहरु गीतले दिएको छ। आज वे ग्रुप नेपालको आफ्नै पेज मार्फत सन्देश मुलक भिडियो सार्बजनिक गरेको हो! गितको शब्द/गीत रचना : दिपक गौतमको थियो भने ,संगीत : यमलाल भण्डारी/रमेश राज भण्डारी,स्वर : तुलसी कडेल लगाएत अन्य साथीहरूको रहेको थियो ।
यस्तै गीतको छायांकन/सम्पादन : नारायण रिजाल, निर्देशन : दिपक गौतम तथा गीत निर्माता वे ग्रुप नेपालले रजेको थियो ।








